Logo

Student Corner

समय

Written by: Aarohan Timsina - 29057, Grade VI

Posted on: 25 August, 2022

छौ धेरै महत्त्वपूर्ण तिमी  
रोक्दैनौँ आफूलाई कहिल्यै पनि 
तिमीसँग छैन धेरै कुरा 
मानिस बुझ्दैनन् तिम्रो विशेषता ।

तिमी छौ धेरै शक्तिशाली 
तिमीसँग छ धेरै बल 
तिमी छौ धेरै धनी
तिमी हौ हाम्रो भगवान 

गाह्रो  लाग्यो भने 
चल्छौ ढिलो 
खुसी भयाै भने 
चल्छौ समय छिटो 

छ समय अनन्त 
दिन्छ समयले हामीलाई काम 
हो समय हाम्रो शिक्षक 
त्यसैले समय हो हाम्रो भगवान 

चलिरहन्छ आफ्नै गतिमा 
न हेर्न सकिन्छ 
न सुन्न सकिन्छ 
जहिल्यै रहन्छ समय अदृश्य

यस संसारको सुरुदेखि चलेको 
संसारको अन्तसम्म चलिरहन्छ   
सकिँदैन रोक्न समयलाई 
आखिर हो यो समय