Logo

Student Corner

प्राकृतिक तथा राष्ट्रिय सम्पदाहरू

Written by: Ayan Basnet - 25019, Grade X

Posted on: 23 August, 2022

पुस्ताबाट सर्दै आएका महत्त्वपूर्ण र बहुमूल्य वस्तु, स्थान, कला, संस्कृति र प्राकृतिक वातावरणलाई वर्तमानमा संरक्षण गरी भावी पुस्ताका लागि प्रस्तुत गरिने कुराहरूलाई सम्पदा भनिन्छ ।  वन्यजन्तु, वन, नदी, ताल, हिमाल, पहाड आदि हाम्रा प्राकृतिक सम्पदाहरू हुन् । जैविक विविधता, भौगोलिक संरचना र कलात्मक, ऐतिहासिक, वैज्ञानिक वा सामाजिक महत्त्व वा अन्य विशेष मूल्य भएका संरचनाहरू नै प्राकृतिक सम्पदा हुन् । यी सम्पदहरूले देशका गौरव र सुन्दरता बढाउँछन् । हाम्रा प्राकृतिक सम्पदाहरूले राष्ट्रकाे पहिचान दिन्छन् । यिनले देशको पर्यटन क्षेत्र र अर्थतन्त्रमा टेवा पुर्याउँछन् ।
विश्वकाे सर्वाेच्च शिखर सगरमाथा राष्ट्रिय निकुञ्ज नेपालको प्राकृतिक सम्पदा विश्व  उदाहरण हो । सगरमाथा राष्ट्रिय निकुञ्ज सन् १९७६ साउन १९ गते स्थापना भएको हो । यो सोलुखुम्बु जिल्लामा अवस्थित छ । सन् १९७९ मा विश्व सम्पदा सूचीमा सूचीकृत भएको सगरमाथा पनि यही क्षेत्रमा अवस्थित छ । सगरमाथा बाहेक, ल्होत्से, चोयु, पुमोरी, आदि यस राष्ट्रिय निकुञ्जमा अवस्थित अन्य प्रमुख चुचुराहरू छन् । यो नेपालको सबैभन्दा लोकप्रिय र गौरवपूर्ण प्राकृतिक सम्पदा हाे । दोस्रो चितवन राष्ट्रिय निकुञ्ज हाे । चितवन राष्ट्रिय निकुञ्ज नेपालको प्रमुख पर्यटकीय गन्तव्य मध्येको एक हो । यो चितवन जिल्लामा करिब १२० किलोमिटरमा फैलिएकाे छ । यो विश्वमा बिरलै पाइने एकसिङ्गे गैँडाका लागि प्रख्यात छ । रोयल बङ्गाल टाइगर यस राष्ट्रिय निकुञ्जमा पाइने अर्को महत्वपूर्ण वन्यजन्तु हो । यस्तै पशुपतिनाथ, बाैद्धनाथ, काठमाडाैँ दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, लुम्बिनी, चाँगुनारायण आदि  नेपालक राष्ट्रिय सम्पदाहरू हुन् । यिनीहरूले नेपालकाे पर्यटन र आर्थिक विकासमा महत्त्पूर्ण भूमिका निर्वाह गरेका छन् ।