Logo

Student Corner

स्यालकाे चलाखी

Written by: Sayuri Shrestha - 28017, Grade VII

Posted on: 22 August, 2022

एक दिन एउटा स्याल जङ्गलमा खानाको लागि खानेकुरा खोज्दै हिँडिरहेको थियो । उसले ऐसेलुले  भरिएको एउटा ठुलो रूख भेट्यो, ऊ धेरै दिनदेखि भोको थियो तर ऐसेलुसम्म पुग्न सकेन किनकि  त्यो रूख धेरै अग्लो थियो ।

केही बेरमा उसले एउटा कागलाई उडिरहेको देख्यो, उसले कागलाई बोलाएर भन्यो, “ काग भाइ त्यस रूखमा केही ऐसेलु छन् म त्या सम्म  पुग्न सक्दिन, के तिमीले मेरो लागि ल्याइदिन्छाैँ ? मैले दिनभर खाएको छैन।” कागले यसको बारेमा सोच्यो र स्याललाई केही ऐसेलु दिने निर्णय गर्‍याे। एक पटक उसले ऐसेलु पाएपछि उसले मनमा सोच्यो , 'यी ऐसेलुहरू साँच्चै राम्रा देखिन्छन्  । म यिनलाई पछि खान सक्छु र स्याललाई केही दिन्न ।
त्यसपछि उसले ऐसेलु लिएर उड्यो। कागको यस्तो कामले स्याल चिन्तित भयाे । त्यसैले उसले कागको पछि लाग्ने र उसलाई सबक सिकाउने निर्णय गर्‍याे। उसले रुखमा कागले मुखमा ऐसेलु राखिरहेको देक्यो । स्यालले उसलाई पुकार्‍याे, “हे काग तिमीले आफ्नो लागि ऐसेलु किन ल्यायौ ?”
काग चुपचाप जिद्दीका साथ उभियो। त्यसपछि स्यालले भन्यो, “ठिक छ, तिमीलाई एउटा प्रश्न सोध्छु, यदि तिमीलाई ठिक लाग्यो भने ऐसेलु राख्न पाउँछाै यदि गलत लाग्यो भने म ऐसेलु राख्छु  ठीक छ ?” कागले सोचेर जवाफ दिन  लागेको थियो तर त्यहीँ बेला उसको मुखबाट ऐसेलु निस्क्यो र स्यालले ऐसेलु लियो। काग आफ्नो मूर्खता र आफ्नो गल्तीसँग लज्जित भयो यस्तो काम कहिल्यै पनि गर्नुहुँदैन भनेर  कागमा सोच आयो ।