Logo

Student Corner

आँधीखोला

Written by: Sambid Dhakal - 30028, Grade V

Posted on: 22 August, 2022

  नेपालमा धेरै नदीहरू छन् | ती  नदीहरू विभिन्न जिल्ला र विभिन्न ठाउँहरूमा रहेका छन् । ती नदीहरूमध्ये  आँधीखोला पनि एक हो। यो स्याङ्जा जिल्लामा अवस्थित छ ।

आँधीखोला धार्मिक र पर्यटकीय दृष्टिले प्रसिद्ध छ । अन्धाअन्धीले शाेकमा डुबेर धेरै आँसु बगाएकाे कारणले गर्दा त्यसबाट एउटा खाेला बन्याे । त्यस खाेलाकाे नाम अन्धाअन्धी खाेला रहन गयाे र अन्धाअन्धी खाेलाबाट आँधीखाेला बनेकाे हाे भन्ने किंवदन्ति रहेकाे छ । आँधीखाेला स्याङ्जाबाट मूल फुटेर कालीगण्डकीमा मिसिएको छ।  यस नदीबाट बिजुली पनि निकालिएको छ। यस नदीबाट जिमुहा, कामलाङ , दिमिक ,लामाचौर, बारीचौर, पाखीचौर, दनसाे जस्ता क्षेत्रहरूमा  सिँचाइ भएको पाइन्छ। यसरी आँधीखोलाकाे  धार्मिक प्राकृतिक तथा सांस्कृतिक महत्त्व भएको पाइन्छ । आँधीखोलामा डुङ्गा पनि खेलिन्छ। आँधीखोलामा कैयौँ मानिसहरूले पौडी पनि खेल्छन् । उनीहरू आँधीखोलाको पानीलाई   प्रसिद्ध  जल  ठान्दछन्। आँधीखाेलाकाे किनारमा धेरै खेलमैदानहरू पनि छन् । तीमध्ये वालिङकाे मालेबगर निकै प्रसिद्ध छ । यस बगरमा जिल्लास्तरीय खेलकुद प्रतियाेगिता र जिल्ला र प्रदेशस्तरीय मेला महाेत्सवहरू हुन्छन् । त्यसैले पनि आँधीखाेला स्याङ्जाकाे गाैरव बन्न पुगेकाे छ । अहिले आँधीखाेलामा मानिसहरूले फाेहाेर फाल्ने खाेला वरपरकाे वस्तीकाे ढल मिसाउने गरेका छन् भन्ने कुरा सुन्न पनि पाइन्छ तर यसाे गर्नुहुँदैन । सबैले  यस खाेलाकाे संरक्षण गराैँ । सफा राखाैँ । यसकाे पहिचान बढाऔँ । पर्यटकीय आकर्षण बढाऔँ । यी काम गर्नु स्याङ्जा थलाे हुने सबैकाे कर्तव्य हाे ।