Written by: Nirvik Gurung - 32022, Grade III
Posted on: 22 August, 2022
मलाई मन पर्ने खेल पौडी हो । यो खेल पानीमा तैरिएर खेलिन्छ । हामी यो खेल पोखरी वा खोलामा खेल्न सक्छौँ । यो खेल खेल्दा हामीलाई शारीरिक मानसिक विकासमा फाइदा हुन्छ । हामीले यो खेल खेल्नु अगाडि राम्रोसँग पानीमा तैरिन सिक्नुपर्छ । राम्रोसँग तैरिन जानेपछि मात्र गहिरो पानीमा जानुपर्छ । हामीले पौडी खेल्दा हात र खुट्टा सँगै चलाउनुपर्छ । हातखुट्टा चलाउँदै अगाडि जानुपर्छ । यो खेल उल्टो परेर पनि खेल्न सकिन्छ । पौडी खेलका धेरओटा फाइदाहरू हुन्छन् । यस खेलले हाम्रो शरीर र दिमागलाई ताजा बनाउँछ । यो खेल राम्रोसँग खेल्न जान्नेले यसलाई आफ्नो पैसा कमाउनेको रुपमा पनि अगाडि बढाउन सकिन्छ । यही पसा गरी सफल भएका मानिसहरु नेपालमा पनि धेरै छन् । गौरीका सिंह एउटा सफल उदाहरण पनि हुन् ।