Logo

Student Corner

रुख

Written by: Drishya Pudasaini - 31041, Grade IV

Posted on: 19 August, 2022

रुख भनेको हुर्केको ठुलो बिरुवा हो । रुखले हामीलाई सास फेर्नका लागि अक्सिजन दिन्छ । रुखबाट धेरै कुरा प्राप्त गर्न सकिन्छ ।  हामीले रुखबाट फल प्राप्त गर्न सक्छौँ । रुखले हामीलाई दाउरा पनि दिन्छ । रूखबाट धेरै काठहरूको उत्पादन गरी यसको प्रयोग धेरै ठाउँमा गर्न सकिन्छ । हामीले खाने आँप, सुन्तला, मुन्तला, अनार आदि फलफूलहरू रुखबाट नै प्राप्त गर्छौँ । रुख नभएको भए हाम्रो जीवन पनि सम्भव थिएन । रुखमा पशुपन्छीहरू पनि बस्छन् । रुखमा बाँदर पनि बस्छ । मानिसहरूले रुख काट्नु नराम्रो हो । मानिसहरूले आफ्नो फाइदाको लागि रुख काट्छन् र त्यसको बिक्री गर्छन् तर रुख काटिसकेपछि अर्को रुखको बिरुवा पनि रोप्नु जरुरी छ । रुखबाट निस्केका काठबाट ढोका, झ्याल, टेबुल, कुर्सी, दराज आदि बनाउन सकिन्छ । रुखबाट अरु पनि हामीले सामानहरू बनाउन सक्छौँ । कतिपय रुख औषधीको लागि पनि प्रयोग गर्न सकिन्छ ।