Logo

Student Corner

मेराे जीवन

Written by: Yojana Gautam - 23068, Grade XII

Posted on: 17 August, 2022

जन्मदा खुसी भएका मेरा आमाबुबा
केही गर्छे भनेर गरेका आशा,
अनि मैले गरिरहेको मिहिनेत 
जीवनको उद्देश्य नसोध मलाई
हरेक पाइलामा सफलता पाउनु छ ।

तिमी हेर्दै जाऊ म कति सफल हुनेछु,
जीवनको महत्त्व बुझेर म अगाडि बढ्ने छु ।
तिमी हेर्दै जाऊ, 
म मेरो जीवन सफलताको शिखर बनाउनेछु,
देख्नेले भन्नेछन् जिन्दगी होस् त यसको जस्तो ।
मेरो जीवनलाई म औँसीको रात हाेइन 
पूर्णिमाको रात बनाउने छु,
तिमी हेर्दै जाऊ म कति सफल हुनेछु ।

जीवन के हो भनी सोध्छौ भने
मेरो उत्तर संघर्ष हुने छ ।
किनकि मैले मेरो बाबा र आमाले 
मेरा लागि गरेको संघर्ष देखेकी छु ।
त्यसैले मैले मेरो जीवनमा 
सङ्घर्ष गरेर सोचेको सपना साकार बनाउने छु
तिमी हेर्दै जाऊ म कति सफल हुनेछु ।

दुई दिनको जीवनमा सबैलाई मायाप्रेम गरी
यो संसारबाट बिदा हुनु छ ।
ईर्ष्या अनि रिसराग त्यागी
उच्च सोच राखी जीवन अगाडि बढाउनु छ ।
तिमी हेर्दै जाऊ म कति सफल हुनेछु,
तिमी हेर्दै जाऊ म अवश्य सफल हुनेछु ।