Logo

Student Corner

मेराे गढीमाई दर्शन यात्रा

Written by: Radharani Sen - 31022, Grade IV

Posted on: 17 August, 2022

 मेरो गढीमाई दर्शन यात्रा रमाइलाे भएकाे थियाे । चैत महिनाको बिदामा म तराई गएकी थिएँ । त्यति नै बेला मेरी आमाले गढीमाई जाने भन्नुभयो र हामी भोलिपल्ट बिहान चारबजे नै उठेर हात मुख धोएर लुगा लगाएर गढीमाई जान तयार भयाैँ ।  बाहिर गाडी भेटिएपछि हामी सबैजना गाडीभित्र बस्यौँ । गढीमाई पुग्न तीन चार घण्टा लागेको थियो । म चाहिँ बाबाको छेउमै बसेकी थिएँ र त्यही निदाएँ । हामी गढीमाई पुगेपछि मेरी आमाले मलाई उठाउनुभयो र हामीहरू मन्दिर दर्शन गर्ने लाइनमा बस्याैँ । दुई तीन घण्टा त लाईनमै बित्याे । त्यसपछि हाम्रो पालो आएपछि दर्शन गरेर घर फर्किनका लागि फेरि गाडी खोज्याैँ । मेरी ठुली मामुले फोन गरेर उहाँको घरमा बोलाउनुभएकाे थियाे त्यसपछि हामी गाडीमा बस्यौँ र ठुली मामुको घर पुग्यौँ । त्यहाँ मैले एकछिन टि.भी हेरेँ । हामीले त्यहाँ खाना खायौँ र हामीलाई ठुलाे बाबाले घरसम्म ल्याइदिनुभयो ।