Logo

Student Corner

देशका टुहुरा

Written by: Bhanu Prakash K C - 24013, Grade XI

Posted on: 16 August, 2022

दिए बुबाले प्राणको आहुती देशकै लागि
छोडेर गए टुहुरा स्वास्नी छोराछोरीलाई
अनि आमा बुबालाई बनाई बेसहारा
बन्न पुगे दैवका ती सहारा  ।

घर परिवार र समाजबाट उपेक्षित
न त सक्छिन् आमा सहन गर्न
साना ती मुटुका टुक्रालाई
बसेकी छन् सजाएर छातीमा ।

जेनतेन बिहानको चुलो बलेको छ,
चुलो बल्न आमाको आत्मा जलेको छ  ।
छैनन् ती टुहुराका सहारा कोही
छ चिन्ता मर्ने हुन् कि रोई  ।

आमाको छैन कुनै रोजगारी
न त धन सम्पत्ति न त खेतबारी
राखेर हेर आफूलाई त्यहाँ
कति गह्रुङ्‌गो छ भारी ।