Logo

Student Corner

मेरो देश नेपाल

Written by: Bishakha Upadhyay - 30010, Grade V

Posted on: 16 August, 2022

विदेश जति नै राम्रो भएपनि
आफ्नाे देश जस्ताे कदापि हुँदैन स्वदेशिपन
आफ्नाे देशमा हुन्छ। आफ्नै रङ्ग, रुप र वेशभूषाले गर्दा 
जे गरे पनि प्याराे नै हुन्छ। विदेशमा कुनै पनि मान्छे आफ्नो हुँदैन
तर स्वदेशमा कोही पनि पराइ हुँदैन।
वेशभूषा र भाषा सबै जातजातिका अलग-अलग छन् तर पनि आफ्नाे देशकै शाेभा राम्राे हुन्छ । नेपालमा सबै मिलेर बसेका छाैँ । राम्रो तन राम्रो मन आफ्नाेपन अनि नेपालीपन यहीँ नेपालमा जन्मिन्छ यही नेपालमा मर्छ पनि । यही नेपालमा बाँचिन्छ। यही नेपालमा बसिन्छ। 
म जान चाहान्न कुनै अरू देश।
प्यारो छ मलाई आफ्नै स्वदेश।।
यही नेपालको माटोमा म खेलेको हुँ
यही नेपाली भूमिमा म जन्मेको छु
मलाई यही भूमिको माया लाग्छ
यही जन्मभूमिकाे मान्छे यहीँ मर्छ यहीँ बाँच्छ ।