Logo

Student Corner

पाटन दरबार स्क्वायर

Written by: Shuvee Lamichhane - 29033, Grade VI

Posted on: 15 August, 2022

पाटन दरबार स्क्वायर काठमाडौँ उपत्यकामा रहेको तीन दरबार स्क्वायरमध्ये एक हो । यो ललितपुर जिल्लामा पर्दछ । यो विश्वसम्पदा सूची परेकाे नेपालकाे अत्यन्त प्रसिध्द सांस्कृतिक सम्पदा हाे । यहाँ ऐतिहासिक मल्ल राजाहरू बस्ने शाही दरबार रहेको छ । यो दरबार स्क्वायर नेवारी वास्तुकलाको एउटा आकर्षण हो । यहाँ धेरै मन्दिरहरू र भगवानका मूर्तिहरू छन् । यहाँ १३६ वटा वहालहरू र ५५ वटा मन्दिरहरू छन् । २०७२ सालको महाभूकम्पले यो क्षेत्रमा ठुलै क्षति पुर्‍याएको थियो । पाटन दरबार स्क्वायरको इतिहास चाहिँ प्रस्ट छैन तर पनि यो दरबार मल्लहरूले बनाएका हुन् भन्ने प्रचलन छ । दरबार परिसरमा पाटन सङ्ग्रहालय पनि रहेको छ । दरबार स्क्वायरको अगाडि एउटा ठूलो घण्टी राखिएको छ । त्यो घण्टीलाई तलेजु घण्टी भनिन्छ । पाटन दरबार स्क्वायरको अर्को आकर्षण भनेको तीनतले कृष्ण मन्दिर हो । यो मन्दिर दरबार क्षेत्रकै सबैभन्दा महत्त्पूर्ण मन्दिर हो । । यस दरबार भित्र तीन वटा मुख्य चोकहरू छन् ती हुन् केशव नारायण चोक, मुल चोक र सुन्दरी चोक । केशव नारायण चोक पाटन सङ्ग्रहालय भित्र र मुल चोकको उत्तरमा रहेको छ । मुल चोक तीन वटा चोक मध्ये ठूलो र प्रसिद्ध चोक हो । यसको बिचमा विद्या मन्दिर र तलेजु मन्दिरहरू छन् । चोकको दक्षिणतिर कछुवाको माथि देवी गङ्गा र गोहीको माथि जमुनाको मूर्ति रहेको छ । सुन्दरी चोक मूल चोकको दक्षिणतिर रहेको छ । पाटनदरबार स्क्वायर पुरातात्विक र ऐतिहासिक हिसाबले एक महत्त्वपूर्ण स्थल हो । विश्वभरबाट पर्यटकहरू यस स्थानको अवलोकन र इतिहासका विद्यार्थीहरू अध्ययन गर्न यस स्थानमा आउने गर्छन । हालसालै भूकम्पबाट क्षति भएका मन्दिरहरूको पुनःनिर्माण पनि भएको छ । हाम्रो देशको यो गौरवशाली स्थानको सम्वर्धन र संरक्षण गर्न जरुरी छ । यो रमणीय र सुन्दर सम्पदाको संरक्षण गरेर हाम्रो देशको गौरव बढाउन जरुरी छ ।