Logo

Student Corner

तिहार

Written by: Dinisha Shiwakoti - 31042, Grade IV

Posted on: 15 August, 2022

तिहार नेपालीहरूको महान चाड हो तिहार कार्तिक कृष्णपक्ष त्रयोदशी तिथिमा काग पूजाबाट सुरू भएर कात्तिक शुक्लपक्षको दुतिया तिथिमा भाइटीकासम्म मनाइन्छ । यो पर्व पाँच दिनसम्म आफ्ना घरपरिवारका सदस्यहरू मिलेर झिलिमिली बत्ती बालेर मनाइने चलन छ । काग तिहारको दिन कागलाई पूजा गरेर, खानेकुरा खुवाएर मनाइन्छ । दोस्रो दिन कुकुर तिहार हो । त्यस दिन कुकुरको पूजा गरेर कुकुरलाई मन पर्ने खानेकुरा दिएर टीका माला लगाइदिएर मनाइन्छ । तेस्रो दिन गाई पूजा हुन्छ । चौथो दिन गोवर्द्धन पूजा गरिन्छ । तिहारको अन्तिम दिन भाइटीका हुन्छ । जसमा दाजुभाइकाे पूजा गरिन्छ । तिहारमा झिलिमिली बत्ती बालेर सहरबजार झिलिमिली बनाइन्छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई पूजा गर्छन् र खानेकुरा खुवाउँछन् । देवी लक्ष्मीको पनि पूजा गर्छन् । देउसीभैलो खेलेर अझै रमाइलो गरिन्छ । तिहारलाई यमपञ्चक पनि भनिन्छ ।