Logo

Student Corner

मेराे जीवन

Written by: Sarjan Waiba Tamang - 24034, Grade XI

Posted on: 10 August, 2022

रङ्‌गिएको थियो मेरो जीवन
हाँसो र खुसी थियो हरेक दिन,
सप्तरङ्‌गी इन्देणीले ल्याएको खुसी,
एक एक पल यादमा सङ्‌गाली
म बाँचिरहेछु जीवन ।

जीवनमा खुसी थियो। डर थिएन
उत्साह र उमङ्‌गले भरिन्थ्यो हरेक दिन,
बिलाएर गए ती खुसीका पल
चिसो र एक्लोपनको भावनामा सीमित भए  ।

त्यो रङ्गिएको आकाशले
नीलो आकाश कहिले देखाएन,
जब दुःखी थिएँ तब कालो बादल मडारियो
कालो बादल मेरो साथी भएछ ।

सप्तरङ्‌गी भएछ आकाश
पलाए उमङ्ग जोड तोडले,
अनौठो रहेछ रूपरङ्ग
आगमन अनौठो फेरियो  ।

बादलको साथ छ तिमीसित 
बोलाइदेऊ संसार उडाउने बतासलाई,
ल्याइदेऊ अधैर्य मनलाई
सम्हाली देऊ मेरो तनलाई ।