Written by: Prasiddha Shrestha - 28008, Grade VII
Posted on: 10 August, 2022
(राम र श्याम मिल्ने साथी हुन् । उनीहरू विद्यालय जाने क्रममा बाटाेमा एकजनाले रुख काटेकाे देख्छन् । त्यसपछि उनीहरूका बिचमा वनजङ्गलकाे संरक्षण विषयमा कुराकानी हुन्छ)
राम: श्याम तिमीलाई थाहा छ । हाम्रो देशको धन त वनजङ्गल पनि हो नि। त्यसैले हरियो वन नेपालको धन भनेिन्छ । हाम्रो देशमा जता हेरे पनि प्रायः ठाउमा हरियो वनजङ्गल देख्न सकिन्छ तर त्यो वन अहिले नासिँदै छ ।वनजङ्गललाई संरक्षण गर्नुपर्छ नि है।
श्याम: हुन त हो तर संरक्षण चाहि कसरी गर्ने?
राम: अब कसरी भन्ने नि पुरानो बुढो भएका रुखहरू काटेपछि फेरि नयाँ रुखबिरुवा रोत्ने पुराना रुखहरूलाई नकाट्ने ।
श्याम:अनि त्यत्रो ठुला ठुला जङ्गलबाट काठ चोरी हुँदैन त?
राम: हुन्छ नि त्यसैले त त्यसरी चोरी नहोस् भनेर बनपाले राखिन्छ तर पनि काठ त चोरी हुन्छ रे ।
श्याम:छ नि राम मैले त जङ्गलमा आगाेलागी पनि हुन्छ भन्ने सुनेको नि।
राम:हो नि जङ्गलमा चुरोट खाएर ननिभाइकन फ्याक्यो भने अनि केही पकाएर खाएर आगो निभाएन भने आगाेलागी हुन्छ नि । त्यसरी पनि त जङ्गल विनाश हुन्छ नि ।
श्याम: हाम्रो देश नेपाल त अरू देशको तुलनामा सानाे छ । अनि कसरी काठ चोरी हुन्छ त ?
राम: के कुरा गरेको होला काठ धेरै र थोरै भए पनि काठ चोरी त हुन्छ नि ।
श्याम: त्यो चोरेको काठ के गर्छन् होला है राम ?
राम:त्यो काठ सस्तो पैसामा बेरिहाल्छन् अनि विभिन्न फलफूलको बाेट राम्रा राम्रा फूलका बोटहरू पनि हुन्छन् अनि विभिन्न अमूल्य जडिबुटीहरू पनि पाइन्छन् ।
श्याम: ए ल हो र आज त मैले कत्ति धेरै कुरा थाहा पाए राम ।
राम:त्यसैले गाउँघरमा बस्ने मानिसहरू दाउरामा भात पकाएर खानलाई जङ्गलमा दाउरा लिन जाने गाईवस्तुलाई हरियो घासँपात पनि जङ्गलमा नै लिन जाने गर्छन् ।
श्याम: अनि त्यसरी दाउरा घासँपात जङ्गलमा लिँदा जङ्गलको संरक्षण हुँदैन र ?
राम: होइन श्याम दाउरा पनि सानो सानो रुखका हागाहरू भुँइमा झरेर सुकेर बसेका हुन्छन् । घासपात पनि कलिलो काठलाई नभाँच्ने अलि ठुलो ठुलो रुखको हागा नभाच्ने गर्याे भने संरक्षण भइहाल्छ नि ।
श्यामः निकै राम्रा कुराहरू भन्याै राम । अब म पनि सबैलाई यही सल्लाह दिन्छु ।
रामः अब ढिला पनि भइसक्याे । आ-आफ्ना घरतिर लागाैँ है ।
श्यामः हुन्छ नि । बाकिँ काम र कुरा पछि गराैँ है ।
रामः हुन्छ, अब बिदा हाऔँ ।
(दुबैजना आआफ्ना घरतिर लाग्छन्)