Logo

Student Corner

फुटबल

Written by: Sarvani Manandhar - 32016, Grade III

Posted on: 10 August, 2022

मेरो मन पर्ने खेल फुटबल हो । फुटबलमा दुईवटा टिम हुन्छ । फुटबल घर बाहिर वा चउरमा खेल्ने खेल हो । फुटबल ९० मिनेटको खेल हुन्छ । धेरै मानिसहरुलाई फुटबल हेर्न र खेल्न मन पर्छ । यस खेलमा २२ जना खेलाडीहरु हुन्छन् । यो खेलमा गोलकिपर र गोलपोष्ट हुन्छ । मलाई यो खेल खेल्दाखेरी रमाइलो लाग्छ । एउटा मान्छेले खुट्टाले गोल गर्यो भने उसको टिमको एउटा गोल हुन्छ । यो संसारभरि खेलिने खेल हो । यसमा बललाई खुट्टाले मात्र हानेर खेलिन्छ ।