Logo

Student Corner

फरक छ समय

Written by: Kirtan Poudyal - 23024, Grade XII

Posted on: 09 August, 2022

बाटोमा हिँड्दा आज देखेँ सडक घटना
मोबाइलबाट खिच्ने थुप्रै थिए त्यो घटना,
बिचरालाई  सहयोग गर्ने थिएनन् धेरै
अहिलेको समय फरक छ सारै ।

आफूलाई पाल्न छन् सबै तयार
अनि देश भएको छ छ्यारब्यार,
मानवता हराए जस्तो लाग्न थालेको छ
हुनत समय नै फरक छ ।

दोष दिन थालेका छन् समयलाई
दोष देऊ तिम्रो निर्दयी दृष्टिकोणलाई
साथी यस्तै हो भने संसार
मानिस  नै छन् नाशवान् यहाँ ।

समय छ अझै बिग्रेको छैन केही
फरक पार आफूलाई भन्छु म सधैँ, 
यदि यस्तै हो भने संसार
मानिस नै हुने छ बेकार ।