Logo

Student Corner

पुस्तकवार्ता

Written by: Agrim Rijal - 29005, Grade VI

Posted on: 09 August, 2022

हाम्रो स्कुलले हरेक महिना पुस्तकवार्ता कार्यक्रमकाे  आयोजना गर्दछ । यस पुस्तकवार्तामा यसपालि सुदेश सत्यालका नामबाट चिनिएका युवाकवि  आउनुभएको थियो । उहाँ छन्द कविता लेख्नुहुन्छ | त्यस पुस्तकवार्तामा उहाँले आफ्नो जीवनमा घटेको घटनाहरू सुनाउनुभो । उहाँले आठ कक्षासम्म अरूले लेखेको कविता वाचन गर्ने र  नौ कक्षादेखि आफैँ कविता लेख्न थाल्नुभएकाे रहेछ । उहाँलाई पहिलादेखि नै कविताहरूमा रूची थियो l उहाँ एक कवितावाचक पनि हुनुहुँदाे रहेछ  । उहाँले भने दश  कक्षामा हुँदा कक्षा छोडी छोडी कविता वाचन गरेकाे सुन्न जानुहुन्थ्याे रे  । उहाँ गुरुकुलमा पढ्दा प्रायः कविताका किताब मात्र पढ्ने तर गुरु आउँदा मात्र पाठ्यपुस्तकहरू पढ्नुहुन्थ्याे रे । उहाँले धेरै प्रतियाेगितामा भाग लिनुभएकाे र हरेक प्रतियाेगितामा प्रथम स्थान हासिल गरेकाे कुरा सुन्दा हामी धेरै उत्साहित भयाैँ ।

२०७० सालमा आएको भुकम्पको बेला उहाँ काडमाडौँ आउनुभयाे । त्यहीँ बेला उहाँले भूकम्प भन्ने कविता लेख्नुभयाे । उहाँले हरेक प्रतियोगितामा जित्ने भएका कारणले धेरै पटक जितेपछि कवितामा भाग लिन छोडिदिनुभयाे । पढ्दै गर्दा उहाँका साथीहरूले भिडियो युटुबमा हाल्नु भनेर भनेछन् । त्यसबेला उहाँलाई युट्युब भनेको केही थाहा थिएन रे । एक दिन उहाँ एक ठाउँमा बसेर एउटा भिडियो बनाएर हाल्नुभयाे । त्यो भिडियो धेरै दर्शकले मन पराए । विस्तारै मानिसहरूले उहाँलाई चिन्न थाले । त्यसपछि उहाँ कार्यक्रमहरूमा जान थाल्नुभयो । उहाँलाई लाग्थ्यो लेखकभन्दा ठुलो कोही हुँदैन । त्यसैगरी उहाँ एक दिन कार्यक्रमको लागि हाम्रो स्कुल आउनुभयो । उहाँले हामीलाई कविता वाचन गरेर पनि सुनाउनुभयो । हामीले पनि केही कविता वाचन गऱ्यौँ । यसरी नै रमाउँदैँ हाम्रो कार्यक्रम पनि समाप्त भयो ।

यस कार्यक्रमले हामी सबैमा उत्साह थपेकाे । यस्ता किसिमका कार्यक्रमले हामी सबैकाे भाषिक र साहित्यिक विकास पनि हुँदै आएकाे छ ।