Logo

Student Corner

जङ्गल

Written by: Joyana Thapa - 31010, Grade IV

Posted on: 09 August, 2022

 रुखविरुवाहरूले ढाकिएकाे ठाउँलाई जङ्गल भनिन्छ । जङ्गलमा विभिन्न जातिका रुखहरू हुन्छन् । त्यहाँ कुनै ठुला रुख हुन्छन् भने कुनै साना अनि कुनै मझौला रुखहरू हुन्छन् । जङ्गलमा विभिन्नथरिका जीवजन्तुहरू तथा चराचुरुङ्गीहरू बस्दछन् । जङ्गल जीवजन्तु र चराचुरुङ्गीको घर पनि हो । जङ्गलमा बाघ, भालु, सिंह, मृग, बाँदर, स्याल, चितुवा, मयूर, डाँफे,  मुनाल, कालिज, भ्याकुर, गिद्ध आदि जस्ता धेरै जनावर र चराचुरुङ्गीहरू बस्दछन् ।  घर सहर बजारमा पाइने काठपात सबै जङ्गबाट नै ल्याइन्छ । काठबाट झ्याल, ढाेका, दराज आदि बनाइन्छ । जङ्गलबाट विभिन्नथरिका जडिबुटी ल्याइन्छ । जङ्गलको रुख बोटबिरुवाबाट हामीले अक्सिजन लिन्छौँ । हाम्रो देश नेपाललाई ‘हरियो वन नेपालको धन’ भन्ने गरिन्छ साथै वनजङ्गलले बाढी पहिरो जानबाट पनि जोगाउँछ । त्यसैले हामीले रुखबिरुवा काट्ने, मास्ने काम गर्नुहुँदैन । सधैँ बोटबिरुवा पशुपन्छीलाई माया गर्नुपर्दछ । बोटबिरुवा भयो भने जङ्गल रहन्छ । जङ्गली जनावर रहन्छन् । यी सबै रहेमा हामी पनि रहन्छौँ । त्यसैले वनजङ्गलको संरक्षण गरौँ । वनजङ्गल  नमासौँ ।