Logo

Student Corner

यो संसार

Written by: Aavash Malla - 26001, Grade IX

Posted on: 08 August, 2022

छ , अचम्मको संसार यो 
घट्छन् निकै घटना यहाँ 
सबै छन् आफ्नैमा 
उसकोमा छैन कोही ।

अच्चम्म लाग्छ मलाई 
देख्दैन कोही मानवता 
अर्काको सहायोग गर्नु परेको कुरा 
खुट्टा पो तानछन् उल्टै यहाँ ।

के कमी छ र यहाँ ?
अरूको वास्तै नगरौँ  
समय छ महत्त्वपूर्ण यहाँ 
हतार छ सबैलाई किन यहाँ ?

समाजको डर छ
डर बोक्दै हिँड्छौ
कहिले बदलेला संसार ?
कहिले पाउने आजादी ?

खोज्दै हिँडेछु संसार
रहेछ यो अपार
आफ्नै संसारमा 
आनन्द र शान्ति खोजिरहेछु ।