Logo

Student Corner

दुःखी जीवन

Written by: Deepti Neupane - 23019, Grade XII

Posted on: 05 August, 2022

मन त छैन हाँस्ने
यस्तो दुखी जीवन बाँच्ने
दुःखै दुःख मात्र छ यहाँ 
जान मन छ मलाई सुख छ जहाँ  ।

अघि बढ्न खोजेँ तर सफल भइन
आफूले चाहेको केही पनि मैले पाइनँ 
जीवनमा सधैँ चोट पाएँ मैले 
अरूको हेपाइ मात्र खाएँ मैले  ।

न त परिवारको साथ 
न आमाको न्यानो काख
सडकको पेटी बन्यो मेरो घर 
थाहा नै छैन मलाई के हो मेरो थर ।