Logo

Student Corner

वातावरण प्रदूष साझा समस्या

Written by: Niharika Chapagain - 25006, Grade X

Posted on: 05 August, 2022

वातावरण प्रदूषण भनेको हाम्रो वरिपरिको वतावरण मानवीय कार्यले दूषित हुनु हो । अहिले वातावरण प्रदूषण विश्वव्यापी समस्याको रूपमा रहेको छ । वातावरण प्रदूषण अन्य कारण नभएर मानवीय गतिविधिको कारण बढ्दै गएको छ । वातावरण प्रदूषणकै कारण अहिले विश्व नै तरङ्गित बनेको छ । यसको प्रत्यक्ष असर मानव, जनावरलगायत पृथ्वीका सबै तहमा भएको कुरा हामीले देख्दै आएका छौँ ।
मानिसलाई फोक्सो मृगौला जस्ता शरीरका अङ्गहरूमा यसले असर पुर्‍याएको छ । विश्वको तापक्रम दिनानुदिन बढ्दै जानु पनि वातावरण प्रदूषणकै कारक हो । वातावरण प्रदूषणले सुन्दर र हराभरा पृथ्वी कुरूप बन्दै गएको छ । हामीले चाहेको विकासले हाम्रो अस्तित्व नै सङ्कटमा पर्ने डर भइसकेको छ । विकास र रोजगारीको नाममा खोलेका कलकारखानाले मानिसको आयु घटाइरहेका छन् । पृथ्वीमा नकुहिने तथा नसड्ने प्लास्टिक तथा अन्य धातुले र फोहोरको मात्रा बढ्दै जाँदा प्रदूषण झन् झन् बढ्दै गइरहेको छ । नयाँ नयाँ प्रजातिका रोग उब्जिएका छन् । हामीले हाम्रो घर तथा कुनै निश्चित ठाउँको वातावरण मात्र नहेरी विश्वलाई नै कसरी बचाउने भन्नेतर्फ सचेत हुन जरुरी छ । यसका लागि हामीले निम्न उपाय अपनाउन सक्छौँ 
नदीनाला आदिमा फोहोर नफाल्ने, र फोहोर भए सफा गर्ने
प्लास्टिकको प्रयोग घटाउँदै यसलाई त्यागिदिने ,
जनचेतना फैलाउने
कलकारखाना सुरक्षित तरिकाले निश्चित स्थानमा मात्र खोल्ने
रुख विरुवा बर्सेनी रोप्ने
यसरी केही हदसम्म भएपनि वातावरण प्रदूषण कम हुन्छ । यसको दीर्घकालिन समाधानको लागि विश्व नै सचेत हुने कार्य नगरे पृथ्वीको आयु घटिरहने छ । प्राणीको अस्तित्व पनि समाप्त हुनेछ त्यसैले वातावरण बचाऔंँ र बाँचौँ ।