Logo

Student Corner

मेरो जीवनको लक्ष्य

Written by: Chahat R.S. Rathour - 24018, Grade XI

Posted on: 04 August, 2022

यो संसारका सबै मानिसहरूमा जीवनमा सफल हुने धारणा हुनुपर्छ । त्यो सफलता  प्राप्त गर्न उनीहरूले  मेहेनत गरेर एक लक्ष्य लिन्छन् । सबै मानिसलाई डाक्टर, इन्जिनियर, पाइलट आदि बन्ने चाहना हुन्छ । आफ्नो आमाबुवा र जीवनको भविष्यलाई सम्हाल्ने, परिवारको खुसियालीको लागि श्रम गर्दै सफलता प्राप्त गर्ने आश गर्छन् । मलाई पनि त्यसैगरी आफ्नो परिवारको खुसीको लागि एक सफल मानिस बन्ने इच्छा छ । 
बाल्यकाल देखि नै मलाई विज्ञानप्रति धेरै रुचि थियो । अहिले पनि मलाई विज्ञान एकदमै राम्रो र रमाइलो लाग्छ । त्यसैले म ठुलो भएर भविष्यमा यही क्षेत्रअन्तर्गत इन्जिनियर बन्ने लक्ष्य छ । आजको यस युगमा विज्ञानले धेरै आविष्कार गरेको छ । हाल सबै कुराहरूमा विज्ञानको प्रयोग भैरहेको छ । मलाई यही आविष्कार र विज्ञानको कला देखेर इन्जिनियर बन्ने ठुलो इच्छा छ । नेपाल जस्तो देशमा पनि विज्ञानले ठुलो योगदान दिएको छ । आज सबै मानिसहरूले चलाइरहेको मोबाइल, कम्प्युटर, 
आदि सबै विज्ञानले गर्दा नै सम्भव हुन सकेको छ । त्यसैले यसले मलाई इन्जिनियर बन्न झन् प्रेरणा दिएको छ । मलाई भविष्यमा गएर पैसा मात्र कमाउन मन छ । नेपालमा यो पैसा कमाउन डाक्टर वा इन्जिनियर बन्नु पर्ने हुन्छ । तर मलाई डाक्टर बन्ने चाहना छैन।  १२कक्षा सकेपछि विदेश जाने मन छ । विदेश गएर इन्जिनियर नभए पनि आफ्नो आमबुवाको नाम संसारभरि फैलाउन चाहन्छु । यससँगसँगै म एक समाजसेवामा पनि सामेल हुन चाहन्छु । किनभने, म स्कुल आउँदा बाटोभरि गरिब, अपाङ्गलगायत मानिसहरू देख्दा ती मानिसहरूलाई सहयोग गर्न मन लाग्छ । त्यो सहयोग म  अहिलेकाे समयमा गर्न सक्दिनँ कारण मसँग पैसा छैन । त्यही पैसा कमाउन ठुलो भएर सफल बन्न चाहन्छु । त्यसकारण म एक सफल मान्छे भई आफ्नो परिवारलाई सहयोग र खुसी दिने मेरो लक्ष्य हुनेछ । 
तर साँचो कुरामा यो सफलता पाउन एकदमै कठिन छ ।  त्यसैले म आफ्नो लक्ष्यमा सफल हुन आजैदेखि मेहेनत गर्ने छु ।