Logo

Student Corner

मेरा सपनाहरू

Written by: Aayusi Shrestha - 26002, Grade IX

Posted on: 04 August, 2022

हरेक मानिसको जीवनमा केही न केही सपना हुन्छन् । सपना भविष्य सजाउन र भविष्यलाई सुखमय बनाउन सबै देख्छन् । म साना हुँदा मेरो जीवनका मेरो बाल्यकाल का बेग्लै सपना थिए । बाल्यकालका सपना साधारण थिए । म बाल्यकालमा मोडेल बन्न चाहन्थे।  मोडेल बनेर धेरै पैसा कमाउने अनि एउटा ठुलो घर किनेर आनन्दले बस्ने ।
अब म ठुली हुँदै गर्दा मेरा सपना धेरै भएका छन्। मैले धेरै सपना देखेकी छु । पहिले मलाई धेरै राम्ररी पढ्नु छ । पढेर धेरै पैसा कमाउनु छ । पैसा कमाएर एउटा ठुलो घर किन्ने सपना छ । म सानो हुँदा देखि नै मलाई बाहिर घुम्न जान मन पर्थ्यो र अहिले पनि पर्छ । म विश्वका धेरै देश घुम्न जाने योजना बनाएकी छु । मेरो सबैभन्दा ठुलो सपना भनेको न धनी मान्छे बन्ने हो । अहिलेको समयमा धन नभए कुनै पनि काम गर्न र कही जान पनि सकिँदैन । पैसाविना जीवन चलाउन अति नै गाह्रो हुन्छ त्यसैकारण पनि म धनी बन्न चाहन्छु त्यसको लागि मैले मिहिनेत गरी काम गर्नुपर्छ ।
मेरा धेरै सपना पूरा गर्न त्यति सजिलो छैन । सपनालाई वास्तविकतामा परिवर्तन गर्न म लागिरहने छु । मैले पक्कै पनि गर्छु र गर्न सक्छु जस्तो पनि लाग्छ । म ठुली हुँदै जाँदा मेरा अरू सपना पनि थपिन सक्छन् । केही परिवर्तन पनि हुन सक्छन् । अहिले भने राम्ररी पढी काम गरेर धनी बन्ने मेराे सपना छ ।