Logo

Student Corner

चरा

Written by: Eshita Lal - 28015, Grade VII

Posted on: 04 August, 2022

 हेर साथी आकाशमा, उड्छन् चरा कति
निला सेता राता काला माया लाग्छ कति  

रङ्गीचङ्गी सुन्दर यो निला रङ्ग पनि
साना ठुला पनि छन् त, जहाँ हेरे पनि
आकाशमा उड्छ कति, भुइमा कति बस्छन्
तर पनि राम्रै छन् सबै चराचुरुङ्गी

बिहान सूर्य उदाए चराहरू पनि
बिहानै त गुन्गुनाइ सबैलाई जगाइ
चिर्बिरचिर्बिर धुनमा गाउनका धनी
यता उता उड्छन चरा जहाँ हेरे पनि

सेता काला छन् यहाँ देखिन्छन् रङ्गीचङ्गी
सबै रङ्ग भएका  धेरै राम्रा चराचुरुङ्गी ।