Logo

Student Corner

कम्प्युटर शिक्षाः आजकाे आवश्यकता

Written by: Manaswi Sapkota - 26004, Grade IX

Posted on: 03 August, 2022

अहिले हामी २१ औँ शताब्दीमा छौँ । अहिलेको युग विज्ञान र प्रविधिको युग हो । अहिले हामी यही प्रविधिमा बाँचिरहेका छौँ । हाल लगभग सबै व्याक्तिको हातमा मोबाइल फोन, ल्यापटप, कम्प्युटर हुन्छ । समयको माग र प्रविधिको उच्च विकासले मानिसले अहिलेको समयमा धेरै उन्नति गरिसकेको छ ।
अहिलेको युग भनेको सूचना र प्रविधिको युग हो । यस युगमा मानिसले खानादेखि लिएर ठुला ठुला कारोबार र दैनिक कार्य सबै कम्प्युटरबाट गर्दै आइरहेका छन् । यसका लागि कम्प्युटर इन्टरनेटमा जोडिएको हुनुपर्छ । हामीले घर, कार्यालय, र कलेज विद्यालयमा गर्ने धेरै कामहरू कम्प्युटरमा गरिने खालका हुन्छन् । त्यसैले कम्प्युटर शिक्षा आजको आवश्यकता बन्न गएको छ । मानिसको आवश्यकता बनेको कम्प्युटरले मानिसका हरेक कामलाई सहज बनाइदिएको छ । यदि हामीलाई कम्प्युटरको ज्ञान छैन भने हाम्रा आवश्यकता कुरा कसरी पूरा गर्न सक्छौँ ? त्यसैले कम्प्युटर शिक्षा आजको आवश्यकता हो । अहिले हामी आफूलाई चाहिने सामग्री पनि घरमा बसेर अनलाइनमार्फत सामान खरिद र सक्छौँ । अनि आफूले भने जस्तो सामान भएन भने त्यो सामान फिर्ता पनि गर्न सक्छौँ । यसले समयको पनि बचत गरिदिएको छ । समयको व्यस्ततासँगै मानिसले घरमा खाना पकाउन पनि छोडेक छन् । हामीले आफूलाई खान मन लागेको कुरा पनि अनलाइनबाट अर्डर गरी घरसम्म सजिलै आउने व्यवस्था छ । कम्युटरले हामीलाई यस्ता विविध काममा सहयोग गरी मानिसको जीवनलाई सहज तुल्याइदिएको छ । कुनै पनि कार्यालयमा जागिरको लागि आवेदन पनि यही कम्प्युटरका माध्यमबाट दिन सक्छौँ । यस्तै खानेपानी, बिजुली टेलिफोन आदिको बिल पनि हामी यसकै सहयोगले तिर्न सक्छौँ । यसरी कम्प्युटरले मानिसका हरेक कामलाई सहज बनाइदिएको छ । यसैले कम्प्युटर शिक्षा आजको आवश्यकता हो ।