Logo

Student Corner

गरौँ देशको विकाश

Written by: Pusparaj Dhungana - 24058, Grade XI

Posted on: 02 August, 2022

मोबाइल चलाउँदा देखेँ एउटा समाचार
तीन वर्षकी बालिका भइछन् बलात्कार
कस्तो रहेछ मेरो देशको कानुन पनि
सरकारको पारा देख्दा लाग्छ दिक्दार ।

के होला यसको समाधान  ?
सोच्दा सोच्दै हुन्छु म दिक्दार
जहाँ जाऊँ पैसाको माग,
सरकारी कर्मचारी काम नगरी भागाभाग
दिनहुँ कामको लागि धाएका छन् जनता
बढ्दै जान्छ जनताको धड्कन
किन हो  ? सधैँ बाधा र अड्चन ,

गरेका छैनन् नेताले १० कक्षा पनि पास
यस्ता नेताबाट जनताले के गर्ने आश
अब उठौ जागौँ नेपाली युवा हो, 
गरौँ देशको विकाश नेपाली युवा हो ।