Logo

Student Corner

वातावरण प्रदूषण

Written by: Sunabi Pokhrel - 25018, Grade X

Posted on: 02 August, 2022

हाम्रो वरपर भएको सम्पूर्ण कुरा वातावरण हो । वातावरणकाे मुख्य तत्त्व पानी, हावा माटो आदि हुन् । यी तत्त्व प्रदूषित हुनु भनेको वातावरण प्रदूषण हनु हो । अहिले वातावरण प्रदूषण हामी मानवकै कारण भइरहेको छ ।
वातावरण प्रदूषणभित्र वायु प्रदूषण, जल प्रदूषण र ध्वनि प्रदूषण आदि पर्दछन् । वायु प्रदूषण हुनुको मुख्य कारण कलकारखानाबाट निस्किने धुँवाधुलो, यातायातका साधनबाट निस्कने धुँवा कासाथै हामीले फालेको फोहोरकै कारण वायु प्रदूषित हुँदै गएको छ । त्यस्तै अहिले जलप्रदूषण पनि बढ्दो मात्रामा छ । मानिसले जथाभावी फोहोर फाल्दा पानीमा प्रदूषणको मात्रा बढ्‌दै गइरहेको छ । सहरी क्षेत्रमा ढलनलको राम्रो व्यवस्था नहुँदा ढल पानीमा मिसिदै गएको छ ।
सवारी साधनको बेला बेलामा मर्मत नगर्दा धुँवा र ध्वनि त्यतिकै मात्रामा प्रदूषण बढेको छ । टेलिभिजन आवाज, पार्टी प्यालेस आदिको ध्वनि प्रदूषण बढ्दो मात्रामा छ । जसले मानिसको कान र मस्तिष्कमा नराम्रो असर पुर्‍याइरहेको छ । खेतीपातीमा उत्पादन बढाउनका लागि विषादीको प्रयोगले खेतबारीको माटो र वायु प्रदूषण बढेको छ । मानिसमा टिभी, दमलगायत अनेक श्वासप्रवासका राेगहरू वातावरण प्रदूषणकै कारण बढेका छन् । हैजा, झाडापखालाका राेगहरू पनि  पानी प्रदूषणका कारण निम्तिने गर्छन् । वातावरण प्रदूषणका कारण मानिस मात्र नभएर पृथ्वीका सम्पूर्ण जीवलाई हानी पुर्‍याएको छ । अकालमा प्राणीहरूले ज्यान गुमाएका छन् भने कतिपय जीवहरू लोप हुँदै गएका छन् ।
वातवरण प्रदूषणकै कारण पृथ्वीको तापक्रम बढेको छ । यसै कारण अहिले ओजोन तह पनि पातलिँदै गएको छ। यो सबैको कारक भनेको मानिस नै हो । यसले भविष्यमा निकै ठुलो समस्या निम्तिने छ । यस समस्याको समाधान गर्न हामी सबैले सोच्नुपर्ने बेला भएको छ ।