Logo

Student Corner

जस्तो शिक्षा त्यस्तै काम

Written by: Prasanna Dhungel - 28021, Grade VII

Posted on: 02 August, 2022

“आफैले नराम्राे सिकाएँ त्यसकाे फल अहिले नराम्राे पाएँ”, आमाले मनमनै साेचिन् ।
अर्काकाे घरमा काम गरेर आमाछाेराले जीवन चलाउथे । छोराको नाम नवीन थियो र आमाको शोभा । उनीहरू धेरै गरिब थिए । उनीहरूसँग एक छाक खाने पैसा पनि थिएन । उनीहरू एउटा धनी व्यक्तिको घरमा काम गर्थे ।

छोराले एकदिन त्सस व्यक्तिको घरबाट थोरै पैसा चोर्‍याे ।। उनीहरूको धेरै नराम्रो स्तिथि भएकाले आमाले केही भन्नु भएन । उसले भोलिपल्ट पनि पैसा चोरेर ल्यायो तर आमाले गर्नुहुँदैन भनेर सम्झाउनुभएन । हरेक दिन उसले उसले हिजोभन्दा धेरै पैसा चोर्थ्यो । सुरुमा थोरै रकम हराएकोमा धनी व्यक्तिले पनि थाहा पाएनन् तर दिनै पिच्छे अझै धेरै पैसा हराएको उनले थाहा पाए र प्रहरीलाई यस बारेमा खोज तलास गर्न बोलाइयो । प्रहरीहरू आफ्नो काममा असफल रहे । तीआमाले यो घरमा धेरै वर्ष देखि काम गर्दै आएका रहेछिन् त्यसैले उनीहरूलाई कसैले शङ्का गरेन । दिन बित्दै गयो र अझै धेरै पैसा हराउदै गयो  र छोरा पनि ठुलो हुदैँ गयो । आमाले भन्नुभयो  “तँ पनि ठुलो भैस आब हामी यहाँबाट ठुलो रकम चोरेर भाग्नुपर्छ “, छोराले पनि हुन्छ भन्यो ।

धेरै रकम चोर्ने र त्यहाँबाट भाग्ने फैसला गरे । उनीहरूले पैसा चोरे र त्यहाँबाट भाग्न आटेको बेला आमालाई बोलाइयो आमाले छोरालाई भन्नु भयो “ तँ यही बस्दै गर म माथि गएर आइहाल्छु “, छोराले जवाफमा “हजुर माथि जाँदा मलाई समाइयो भने ?”, भनेर भन्यो । आमाले त्यस्तो कै हुँदैन भन्नुभयो र जानुभयो । एकछिन पछि आउदा तल छोरा थिएन, उनलाई एकछिन छोरालाई समात्योकी भनेर शङ्का लग्यो तर, उनले भुइँमा एउटा कागजको टुक्रा देखिन् त्यहाँ “ म समातिएको छैन “ लेखिएको थियो । त्यतिबेला आमाले छोरा एक्लै पैसा लिएर भागेको पत्तो पाइन् । उनलाई सानोमा  आफ्नो छोरालाई न सम्झाएकाेमा पश्चाताप भयो ।