Logo

Student Corner

म फूल

Written by: saki shrestha - 23051, Grade XII

Posted on: 01 August, 2022

पहेँलाे, रातो, हरियो, गुलाबी
सबै रङ्गमा पाउछौ मलाई
पानी होस् या माटो चारैतिर भेट्छौ मलाई
कतिले मलाई घर सजाउनको लागि राख्छन्,
कतिले मलाई भगवान्लाई पूजा गर्नका लागि लग्छन् ।

सबैले मलाई फूल भन्छन् ।
तिमी खुसी भएर हेर 
तिमी ममा भएका सुन्दर पात देख्नेछाै
तिमी दुःखी भएर हेर
तिमीले ममा भएका काँडा मात्र देख्नेछाै ।

तिमी मुसुक्क मुस्कुराउँदै हेर
तिमीले मलाई पनि आफू जस्तै फक्रेको देख्नेछाै
तिमी ठुस्स परेर हेर
तिमीले मलाई पनि 
आफू जस्तै ओइलाएको देख्नेछाै ।

म हरेक रात पछि
उज्यालो किरणसँगै फूलेर आउनेछु ।
म फूल बोल्न नसके पनि 
तिम्रो भावनालाई बुझ्ने गर्छु ।
त्यसैले,
तिमी पनि आफ्नो दुःखको समयलाई बिर्सेर 
म जस्तै मुस्कुराउने गर
दुःखलाई बिर्सेर आफ्नो गन्तव्यमा लाग ।