Logo

Student Corner

साथी

Written by: Krituka Sapkota - 25005, Grade X

Posted on: 01 August, 2022

मेरो साथ दिने हरेक बहानामा 
सँगै बितेका हरेक पल सुनौला, 
एक पटक पल्टाई हेर 
पाउने छौ आफूलाई 
मेरो जीवनको हरेक पानामा ।

दुई अन्जान व्यक्ति थियौँ हामी पहिले 
आयौ मेरो जीवनमा खुसी भर्न तिमी
एउटा नामले चिन्न पनि गाराेथ्याे पहिले 
अनेकौँ नामले बोलाउँछु अहिले ।

मसँगै राेइदिने तिमी 
मसँगै हाँसिदिने तिमी 
दुःखको बेला साथ दिने  तिमी
अप्ठ्याराेमा हात दिने तिमी

मेरा सबै समस्या हराइदिने तिमी
म सदैब तिम्रै साथमा हुनेछु , 
धेरै जुनीसम्म म तिमीसँगै हुनेछु । 
विश्वास गर मलाई म तिमीसँगै हुनेछु ।