Logo

Student Corner

विद्यालय जीवन

Written by: Raghav Vaidya - 24030, Grade XI

Posted on: 29 July, 2022

विद्यालयमा बिताएकाे समय नै विद्यालय जीवन हाे ।  अहिले कक्षा १ देखि कक्षा १२ सम्म विद्यालय जीवन मानिन्छ।  कक्षा १ को पहिलो दिन विद्यालय जाँदा धेरै  विद्यार्थीलाई डर र अप्ठ्यारो जस्तो लाग्छ तर गुरु र गुरुआमाहरूले उनीहरूको त्यो डर भगाउनुहुन्छ । विद्यालयलाई उनीहरूको दोस्रो घर जस्तो अनुभव गराउँनुहुन्छ । 
विद्यालयमा विद्यार्थीहरूलाई कहिले पनि एक्लै भएको जस्तो महसुस हुँदैन किनभने साना साना बालबालिकाहरू एक अर्कासँग रमाउँछन् ।  समय बित्दै गर्दा उनीहरू मित्रभन्दा  बढी दाजुभाइ र दिदीबहिनीहरूको सम्बन्ध बनाउँछन् । पढाइलेखाइदेखि लिएर नाचगान, खेलकुद आदि पनि विद्यालयमा सिक्छन् । विद्यालयमा धेरै महत्त्वपूर्ण रहेको भने अनुशासन हो। अनुशासनमा समयनिष्ठता, शिष्टता, सरसफाई,वरिष्ठप्रति इज्जतको भावना आदि पर्छ। विद्यालयको सबैभन्दा महत्त्वपूर्ण पक्ष शिक्षा हो । विद्यालयमा विद्यार्थीहरूले धेरै कुरा सिक्छन् । कथा, कविता, निबन्ध राष्ट्रिय र अन्तर्राष्ट्रिय जीवनी ऐतिहासिक घटनाहरू पढ्छन् । लक्ष्मीप्रसाद देवकोटा, भरतराज पन्त, भानुभक्त आचार्य, भवानी भिक्षुजस्ता साहित्यकारहरूका रचना पढेर थुप्रै ज्ञान र प्रेरणा विद्यालय जीवनबाट नै पाइन्छ । त्यसैले विद्यालय शिक्षालाई पनि गम्भीरतापूर्वक लिनुपर्छ । कक्षाकार्य, गृहकार्य र परियोजना कार्य शैक्षिक क्षेत्रको एक भाग हो जसलाई प्रत्येक विद्यालयले आफ्ना विद्यार्थीहरूको सिकामाइ सुधार ल्याउने काम गर्छ । शिक्षासँगै विद्यालयमा बिताएका प्रत्येक पल भावी जीवनको सुन्दर सम्झना बन्छ । 
शारीरिक रूपमा नभए पनि विद्यालयको माया विद्यार्थीहरूमा सधैँ रहिरहन्छ । विद्यालयहरूले प्रत्येक विद्यार्थीलाई महत्त्वपूर्ण सिपहरू सिकाउँछन् जसले उनीहरूकाे भविष्य निर्माणमा ठुलाे सहयाेग पुग्छ त्यसैले विद्यालय जीवन सबैकाे महत्त्वपूर्ण जीवन हाे ।