Logo

Student Corner

मेराे देश

Written by: Prakarsha Tabdar - 25010, Grade X

Posted on: 29 July, 2022

घेरिएको छ चीन र भारतले मेराे देश 
जङ्गल र हरियालीले भरिएकाे मेराे देश ।
पवित्र नदीहरू बग्छन् मेराे देशमा
दुर्लभ जनावरहरू छन् मेराे देशमा ।

मन्दिरै मन्दिरहरू छन् मेराे देशमा 
सहरै सहरहरू छन् मेराे देशमा  ।
धेरै जातजातिहरू छन् मेराे देशमा 
धेरै भाषाभाषीहरू छन् मेराे देशमा  ।

पहाड, हिमाल र तराईले घेरिएको 
विविधताकाे संस्कृतिले बेरिएकाे
छुट्टै पहिचान भएकाे मेराे देश
विविधतामा एकता भएकाे मेराे देश ।

 

जनताहरू देश छोड्न थाले
किन हाेला अर्कै देश राेज्न थाले
म भन्छु बस यही देशमा
रमाऊ आफ्नै भाषाभेषमा ।