Logo

Student Corner

दाजुभाइकाे सहयाेग

Written by: Sakshyam Karna - 26013, Grade IX

Posted on: 28 July, 2022

कुनै समय एउटा सहरमा दुई दाजुभाइहरू बस्थे । उनीहरू दुवै जनाको कलाकार बन्ने सपना थियो । तर उनीहरूका बुबाले उनीहरूलाई फाइनआर्ट विद्यालयमा पढाउने मन गरेका थिए । उनीहरूका बुबाले आफूले भनेकाे विषय र साेही विद्यालयमा पढ्न अनुराेध गरे । त्यसैले लामो छलफलपछि उनीहरूले चिठ्ठा तान्ने निर्णय गरे । चिठ्ठामा हार्ने मानिस नजिकैको खानीमा काम गर्न जान्छ र आफ्नो कमाइले एकेडेमीमा पढ्दा आफ्नो भाइ वा दाइलाई सहयोग गर्ने । विजेता पहिले विद्यालयमा उपस्थित हुनेछ र आफ्नो अध्ययन पूरा गर्ने । एक विजेताले आफ्नो अध्ययन पूरा गरेपछि उसले अर्को भाइलाई अध्ययन पूरा गर्न सहयाेग गर्नुपर्छ । आवश्यक परेमा आफ्नाे कला बेचेर वा खानीमा काम गरेर आर्थिक रूपमा सहयोग गर्नुपर्ने कुरा उनले बताए । दाजु चिठ्ठामा जितेर आर्ट स्कुल गए । भाइले दाइकाे पढाइ खर्चका लागि उसले दिनहुँ खानीमा काम गर्नुपर्थ्यो । दाजुले फाइनआर्ट विद्यालयमा धेरै मिहिनेत गर्याे । उसकाे मिहिनेतकाे सबैले कदर गरे । ऊ आफ्ना अरू साथीहरूभन्दा धेरै राम्रो थियो । उसले स्नातक गरेपछि काम गरेर पैसा कमाउन थाल्याे । अनि उसले आफ्नाे भाइलाई पढाइमा सहयाेग गर्याे । भाइले खानीमा काम गर्न छाेड्याे । भाइ पनि आफूले चाहेकाे विषय पढ्न पाएर निकै खुसी थियाे । दाजुले भाइलाई धन्यवाद दियाे किनभने दुवै जनाले आफूले चाहेकाे विषय पढ्न पाएका थिए । दाजुभाइमा एक अर्काकाे यस्ताे सहयाेगकाे भावना देखेर उनीहरूका बाबु पनि निकै खुसी थिए । दाजुले राम्राे पैसा कमाउन थालेकाले परिवार पनि राम्ररी चल्न थाल्याे ।