Logo

Student Corner

किताब

Written by: Aarnav Dahal - 24019, Grade XI

Posted on: 27 July, 2022

म हुँ एक किताब
मेरो काम शिक्षा बाँड्नु हो,
म आवाज विहीन शब्द हुँ
तिमीले मलाई पढ्यौ भने
पाउँछौ अनेक ज्ञान ।

मलाई घुरेर नहेर
म तिमीदेखि लजाउँछु,
म भित्रका शब्द गहिरिएर पढ
मेरो सहाराले अगाडि बढ ।

म तिमीलाई सहयोग गर्छु
तिमी मलाई माया गर 
तिमी मेरो भर पर ।

नथन्काऊ तिमी मलाई कुनामा
तिमीसँग म बस्न चाहन्छु,
तिम्रो सारथी बन्न चाहन्छु
तिम्रो भार बिसाउन चाहन्छु
तिमी मलाई माया गर ।