Logo

Student Corner

मायाको आँसु

Written by: Sauharda Bajracharya - 26010, Grade IX

Posted on: 27 July, 2022

आउँछ्याै तिमी यहाँ धेरै कुरा सिकाउँछ्याै
गएपछि तिमी मायाँको आँसु रुलाउँछौ ।
बस तिमी यहाँ , मेरो जिन्दगीमा
जाने छौ तिमी कहाँ यहाँबाट टाढा ।।

नजिकिने प्रयासमा बित्यो जवानी
अब त के गर्नु र बितिहाल्यो नि ।
सम्झेर मायालुलाई आउँछ आँसु
तिम्रै मुटुभित्र बसूँला बास ।।

तिमीविनाको जिन्दगी कस्तो जिन्दगी
आऊ तिमी फर्केर यहाँ फेरि ।
खुसी चोर्‍याै तिमीले मेरो मुटुको
बहाना नबनाऊ अब अनेक थरिको ।।

आज तिमी टाढा गयौ मेरो जीवनबाट
शून्य शून्य लागिराछ मलाई यहाँ आज ।
कतै फर्किन्छ्याै त तिमी मतिर आज
यहीँ छ मेरो एउटा मात्र चाहना ।।