Logo

Student Corner

बालबालिकाको हेरचाह

Written by: Anushree Acharya - 28002, Grade VII

Posted on: 27 July, 2022

(कक्षा ६ मा अध्ययनरत् छात्रा सुनिताको हालैमा बहिनी जन्मेकी थिइन । उनलाई बधाई दिन उनकी साथी सुजिता उनीसम्म पुगिन्।)

सुजिता: ल है सुनिता ! तिमीलाई बधाई छ तर किन त्यस्तो मलिनो अनुहार लगाएकी नि ?

सुनिता: तिमीलाई धेरै धरै धन्यवाद तर मलाई साना बच्चाहरू कसरी बोक्ने ? कसरी हेर्ने केही पनि आउँदैन। त्यसैले आफ्नी बहिनी बोक्न समेत पाएकी छैन मैले।

सुजिता: मेरी पनि बहिनी छिन् । तिमीलाई म कसरी साना बच्चा कसरी हेर्ने भन्ने सिकाउँछु सुन है ।

सुनिता: (खुसी हुँदै) हो र ? ल मलाई  सिकाऊ न त।

सुजिता: सानो बच्चालाई जन्मेपछि सफा कपडाले न्यानो हुने गरी बेरिएको हुन्छ । टाउको धेरै बलियो नभएको कारण बोक्दा सम्हालेर बोक्नुपर्छ।

सुनिता: अनि बोक्ने चाहिँ कसरी हो ?

सुजिता: बालबालिकालाई बोक्दा आफ्नो एउटा हात उनीहरूको कम्मरमा र अर्को हात टाउकोमुनि राखेर सम्हालेर बोक्नुपर्छ । बोकेर हिँड्दा सम्हालेर बिस्तारै हिँड्नुपर्छ। बोकेर बस्दा उनीहरूलाई सजिलो हुने गरी बोक्नुपर्छ।

सुनिता: (गम्भीर हुँदै) बच्चाहरूलाई सजिलो पार्न अरू के के गर्नुपर्छ नि ?

सुजिता: बालबालिकालाई सफा र स्वच्छ ठाउँमा सुताउनुपर्छ। सानै उमेरदेखि केही व्यक्तिहरूले बालबालिकालाई डाइपर लगाइ दिने गर्छन् । यसकारण पछि भविष्यमा बालबालिकाले खुट्टा सिधा नटेक्ने, राम्ररी नहिँड्ने,एलर्जी हुने, चिलाउने, घाउ हुने जस्ता समस्या देखिन्छन् ।

सुनिता: अहो! डाइपर लाउन त ठुलो समस्या पो हुँदोरहेछ। डाइपरको सट्टामा के लगाउन मिल्छ त ?

सुजिता: बच्चाहरूलाई सफा र नरम कपडा लगाए हुन्छ डाइपरको सट्टा।

सुनिता: अरू के के कुरामा ध्यान दिनुपर्छ त सुजिता?

सुजिता: बालबालिकाहरूको खानेकुरामा पनि ध्यान दिनुपर्छ। ६ महिनासम्म आमाको दुध मात्रै दिनुपर्छ। ल्याक्टोजिन पनि खुवाइन्छ तर आमाको दूध नै पोसिलो हुन्छ । ६ महिनापछि लिटो, भात आदि जस्ता कुराहरू बालबालिकालाई खुवाउनुपर्छ।

सुनिता: तिमीले आज मलाई धेरै कुरा सिकायौ । तिम्रो घर पनि आइसक्यो । म यतैबाट अस्पतालतिर जान्छु । बाँकी कुरा तिमी मलाई भोलि भन्नू है । आजलाई धन्यवाद।

सुजिता: ल भोलि भेटौला।

(सुजिता आफ्नो घर तिर गइन् र सुनिता पनि अस्पतालतिर लागिन्।)