Logo

Student Corner

आमा

Written by: Umanga Khatiwada - 23047, Grade XII

Posted on: 26 July, 2022

नौ महिनासम्म गर्भमा राखी जन्म दियौ मलाई 
कैयौँ पल दु:ख सही सुख दियौ मलाई ।

जीवनको बाटो कस्तो भनी देखाइदियाै मलाई
दु:ख, कष्टमा हिँड्न सिकायाै मलाई ।

कोखा कोखा गरी खाना खुवाई बाँच्न सिकायाै मलाई
जीवनका हरेक पलसँग जुधेर नाच्न सिकायाै मलाई ।

तिम्रा ती कोमल हात मेरा शिरमा राखी,
खुसी बनायाै तिमीले मन मेरो 
मेरा लागि खुसी खोस्याै आफैँले आफैँको

मैले कहिले सोचिनँ तिमी मलाई माया गर्छ्याै 
लाग्थ्यो मलाई तिमीले जहिले गाली मात्र गर्थ्याै ।

अलि अलि गर्दागर्दै हुर्कायाै  मलाई 
मनमा हरेक पीर बोकी खुसी दियाै मलाई।

तिमी कति महान्  छौ हर्ष दिन्छ्याैअरूलाई
दु:ख जति तिम्रो थियो खुसी जति मलाई।

तर,त्यतिबेला नबुझे पनि अहिले भने मैले बुझेको छु 
आफ्नो लागि बाटो पनि मैले कोरेको छु ।

त्यही भएर मैले तिम्रो सम्झना गरिरहेछु 
तिम्रै यादमा हरेक पल बाँचेर पनि मरिरहेछु ।