Logo

Student Corner

जनता सचेत कहिले हुने ?

Written by: Remon Sangat - 25012, Grade X

Posted on: 26 July, 2022

मेरो देश नेपाल विकासको गतिमा अरू धेरै देशभन्दा पछि परेको छ । मेरो देशमा देश  विकास गर्छु भन्ने नेताकाे कमी छैन । तर देशमा विकासकाे कमी छ । विश्वका धेरैजसो देश राज्यको मूल कानुनअनुसार चल्छन । त्यहाँको राज्यको प्रणालीलाई मान्छन् । त्यहाँको कानुन र शासन व्यवस्थाअनुसारकै काम गर्छन् र देशको विकास पनि त्यही अनुसारकै हुन्छ । विदेशमा यस्तो कानुन नमान्ने र काम नगर्ने जो कोहीलाई कानुनअनुसार दण्ड वा जरिवानाको व्यवस्था हुन्छ । तर नेपालमा यस्तो हुँदैन । नेपालमा कसैले केही काम बिगार्‍यो भने त्यसलाई दण्ड दिनु र बहिष्कार गर्नुको साटो उनीहरूबाट पैसा लिइन्छ र त्यसलाई ढाकछोप गरिन्छ । उसका गल्ती तथा कमजाेरी भित्रभित्रै लुकाइन्छ । जसले गर्दा देशको शासन व्यवस्था बिग्रिन्छ । मानिसमा जानीजानी गलत काम गर्ने बानी बढ्दै जान्छ । यसले न त देशको उन्नति हुन्छ न त जनताको । हामीलाई हाम्रो देशमा अरू देशमा जस्तो विकास किन नभएको होला भन्ने लाग्छ । यही कारण नै यहाँको विकास हुन नसकेको हो । देशको विकासका लागि अरू देशबाट आएको सहयोग पनि विकासमा खर्च भएको हुँदैन । नेताहरूको मिलेर भाग लगाएर त्यो विदेशीले दिएको पैसा आफैँ खान्छन् । थाेरै कम गरे भने धेरै खर्च देखाउँछन् । अन्य देशमा सबै मिलेर देश विकास गर्नुपर्छ भन्ने सोच्छन्  र त्यहीँअनुसार काम पनि गर्छन् तर यहाँका नेताहरू जनताले तिरेकाे कर कसरी लुट्ने भनेर सोच्छन् ।  त्यसैले हामी अरूभन्दा पछि परेका छौँ । अब हामी सबै जनता सचेत हुनुपर्छ । नराम्रा कामकाे विराेध गर्नुपर्छ ।