Logo

Student Corner

किताब

Written by: Bidhan Sen Oli - 24006, Grade XI

Posted on: 25 July, 2022

म धेरै मध्ये एक किताब हुँ,
म तिमीलाई ज्ञान दिन्छु,
म तिमीलाई सहयोग गर्छु,
कसैले मलाई सहयोग गर्छन् ।
कसैले मेरो वास्ता गर्दैनन्
फाल्छन् च्यात्छन् मिल्काउँछन् रद्दी टोकरीमा ।

कसैले मलाई मन पराउँछन्
कोही मदेखि रिसाउँछन्
मेरो गल्ती के नै छ र
म निर्जीव हुँ 
तर 
मेराे ज्ञान सजीव छ
मलाई राेचक मान वा झुर ठान
त्याे तिम्रै हातमा छ ।


के थाह मेराे एक पानाले
तिम्राे जीवन बदलिन्छ कि
विचार गर  एकपल्ट
के थाह मेराे एक पानाले 
तिम्राे जीवनकाे गाेरेटाे पाे माेडिन्छ कि  ?