Logo

Student Corner

नेपाली नारी

Written by: Angel Dhimal - 25002, Grade X

Posted on: 25 July, 2022

नेपालका धेरै जसो ठाउँमा अहिले पनि महिला वा नारीहरूलाई समान व्यवहार गरिदैँन । कतै दाइजो नल्याएको निहुँमा त कतै बोक्सी लागेको आरोपमा महिलालाई शारीरिक यातना दिने, कुटपिट गर्ने जस्ता काम दिन प्रतिदिन भइरहेका छन् । खासगरी यस्ता घटना नेपालका सबै ठाउँमा हुने गरे पनि तराईमा यो समस्या बढी मात्रामा देखिन्छ ।
यो भनेको महिलामाथि बढ्‌दै गएको हिंसा हो । आजको समयमा मानिसमा चेतना बढ्दै गए पनि हिंसाका घटना रोकिएका छैनन् । नारी र पुरुष बराबरी भने पनि व्यवहारमा यस्तो बराबरी वा समानता पाइँदैन । पुरुषले घर बाहिरको काम गर्छन् । घरभित्र र घरबाहिर काम गर्ने महिलाले गरेको काम समाजले देख्दैन । हरेक दिन घरलाई राम्रो बनाउन काम गर्ने भनेका महिला नै हुन् । कतिपय ठाउँमा महिलाले चाहँदा चाहदै पनि महिलालाई घर बाहिर काम गर्न दिइँदैन । महिलाले आफूले पाएको अधिकारको प्रयोग गर्न पाएका हुँदैनन् । पुरुष सरह पढ्न पाउने, आफूलाई मन परेको काम वा पेसा छनोट गर्ने उसको अधिकार हो तर यसमा समाज र परिवारले महिलालाई बन्देज लगाएको हुन्छ । केटी मान्छेले पढेर के गर्ने हो ? केटी मान्छे भएर त घरको काम गर्नुपर्छ भन्ने सोचाइ अहिलेसम्म पनि नेपाली समाजमा रहिरहेको छ । यो देशका हरेक महिलाले आफ्नो अधिकारको सही उपयोग गर्न पाउनुपर्छ । महिलाले घरको काम मात्र गरोस् भन्ने पुरुषको र परिवारको सोचाइ कहिले हराउला ?
महिला र पुरुष दुवैमा देशका लागि केही गर्न सक्ने क्षमता हुन्छ । त्यसैले महिलालाई पनि पुरुषसरह खुला आकाशमा उड्न दिनुपर्छ। महिला भनेकी यस्ती शक्ति हुन् जसले आफ्नो भन्दा पनि आफ्ना पनि परिवार र सन्तानको चिन्ता गर्छिन् । आफ्ना व्यथा लुकाएर मुस्कुराउँदै अरूको खुसीमा रमाउँछिन् । परिवार र सन्तानका लागि दिनरात खट्छिन् । त्यसैले महिलालाई सम्मान र समान व्यवहार गर्न सिकौँ ।