Logo

Student Corner

वनजङ्गको संरक्षण

Written by: Prasanna Dhungel - 28021, Grade VII

Posted on: 25 July, 2022

कक्षापछि हरि र कर्मको भेट हुन्छ । उनीहरूले कक्षामा वनजङ्गलकाे संरक्षणको बारेमा पढेका थिए । 
हरिले कक्षामा पढाएको कुरा बुझेको  हुँदैन त्यसैले उसले कर्मलाई त्यसबारे सोध्छ । कर्मले झर्को नमानी उसलाई बुझाउँछ । उनीहरूकाे कुराकानीलाई नै तल प्रस्तुत गरिएकाे छ ।

हरि : कहाँ गएर आयौ साथी? 
कर्म : गर्मी भएर यसो बाहिर गएको नि !
हरी : ए, तिमीले आज कक्षामा पढाको शीर्षक बुझेका छौ ?
कर्म : बुजेको छु किन र ?
हरि : ए, मैले त्यस्तो राम्ररी बुझेको छैन, बुझाइदेउन !
कर्म :अहिल्यै ढिलो भइसक्याे स्कुल छुट्टी भएपछि सिकाइदिन्छु है ?
हरी : हुन्छ !

(दुवैजना आफ्नो कक्षाकोठामा जान्छन् । स्कुल छुट्टि भएपछि उनीहरू फेरी भेट्छन् र कर्मले उसको घर गएर पढौँ भन्छ र दुवैजना कर्मको घर जान्छन् । उनीहरू फेरी यस शिर्षक बारे छलफल गर्न थाल्छन ।)

कर्म : वनजङ्गलको मात्रा काम भैरहेको छ । मान्छेहरूले रुख काटेर विभिन्न फर्निचर बनाएका छन् । यसले हाम्रो प्राकृतिक सुन्दरतामा धेरै असर गर्छ ।
हरि : ए, यसले सुन्दरतामा मात्रा सर गर्छ र ?
कर्म : हैन, यसले जङ्गलमा बस्ने विभिन्न चरा र जनावरहरूलाई पनि असर गर्छ, किनभने वनजङ्गलको विनास गरेपछि ती जनावरहरूलाई बस्ने ठाउँ हुँदैन 
हरि : ओहो! यो त धेरै ठुलो समस्या पो रहेछ त ! यसले  अरू केही असर त गर्दैन नि ?
कर्म : यसले अक्सिजनको मात्रा पनि कम गर्छ ।
हरि : यसलाई जोगाउने केही माध्यम छ र ?
कर्म : छ नि , हामीले रुख काटी सकेपछि अर्को रुख रोप्नुपर्छ ।
हरि :  यति धेरै कुरा बुझाइदियाै । निकै खुसी लाग्याे । अब हामी सबै मिलेर हाम्राे घरमाथिकाे पाखाेमा विक्षराेपण गर्नुपर्छ है । हवस्, ढिलो पनि भैसक्यो अब म जान्छु है , धन्यवाद!
कर्मः याे त अति राम्राे कुरा भयाे नि । हुन्छ हामी सबै मिलेर काम गराैँला । अहिले ढिला पनि भइसक्याे । अब आ-आफ्नाे कामतिर लागाैँ । 
(हरि आफ्नो घरतिर लाग्छ भने कर्म आफ्नो गृहकार्य गर्न बस्छ ।)