Logo

Student Corner

संसार

Written by: Aavash Malla - 26001, Grade IX

Posted on: 22 July, 2022

छ अच्चाम्मको संसार यो 
घट्छन् निकै घटना यहाँ 
सबै छन् आफ्नैमा 
उसको छैन कोही यहाँ

अच्चम्म लाग्छ मलाई 
देख्दैन कोही मानवता 
अर्काको सहयोग गर्नु परेको कुरा 
खुट्टा पो तानछन् उल्टै

के कमी छ र यहाँ ?
अरूको वास्तै नगरौँ 
समय छ महत्त्वपूर्ण यहाँ 
हतार छ सबैलाई

समाजको छ डर 
डर बोक्दै हिँड्छौ 
कहिले बदलिएला संसार 
कहिले पाउने आजादी

खोजीमा यो आजादीको 
यो संसार बाट टाढा 
आफ्नै संसारमा 
आनन्द र शान्तिको।