Logo

Student Corner

मैतीदेवी

Written by: Jenial Giri - 29054, Grade VI

Posted on: 22 July, 2022

मैतीदेवी भगवती मन्दिर डिल्लीबजार र ज्ञानेश्वरको बीचमा अवस्थित छ ।
मैतीदेवी भगवती मन्दिर  वि. सं. १७११ मा मात्र निर्माण भएको हो । यस मन्दिरमा पूजाआजा गर्नाले मनमा प्रशन्नता र मनोकाङ्क्षा पूरा हुने भक्तजनहरूको विश्वास छ । यस मन्दिरमा बिहान बेलुका पूजा आराधना र भजन गरिन्छ । देशका विभिन्न भागबाट आउने  पर्यटकका लागि पनि मैतीदेवी मन्दिर आकर्षण बन्दै गएको छ । यस मन्दिरलाई धेरै बत्तीहरूले सजाइएको छ र परिसरलाई धेरै सुन्दर र रमणीय बनाइएको छ । भ्रमण र आराम गर्नको लागि एक महान ठाउँ शान्त छ र वास्तुकला अनाैठाे खालकाे  छ । काठ र धातुमा देखिने कला  शानदार र  फरक र छ । छानामा धातु  र काठका कामहरू र ढोकाहरू वास्तविक देखिन्छन् । यस मन्दिरमा पूजाआजा गर्नाले मनमा प्रशन्नता र मनोकाङ्क्षा पूरा हुने  विश्वास छ । यहाँ हरेक वर्ष तिहारको कुकुर पर्वको दिन, दसैँ र चैते दसैँमा विशेष मेला लाग्ने गर्दछ ।