Logo

Student Corner

प्रकृति

Written by: Anuska Yadav - 26003, Grade IX

Posted on: 21 July, 2022

मेरो जीवन सुखमय बनाउन
प्रकृतिले मसँग केही लिएको छैन ।
तर  मैले प्रकृतिलाई संरक्षण
गर्न केही काम गरेकी छैन ।

खुसीले मक्ख हुन्छ मेरो मन 
जब म पाउँछु प्रकृतिको माया 
मेरो हृदय हरपल भन्दछ 
खोज्छु म प्रकृतिको छाँया ||

जन्मेदेखि प्रकृतिको काखमा 
हुर्केको मेरो सानो ज्यान |  
प्रकृतिले नै मेरो मन र मस्तिष्कमा 
बढाउँदै लगेको छ ज्ञान॥

प्रकृतिविना हुन्छ अधुराे
मेरो जीवन अधुराे  
प्रकृतिको संरक्षण गर्न
गर्छु म मेरो कर्तव्य पूरा।।