Logo

Student Corner

प्रिये मान्छे

Written by: Krituka Sapkota - 25005, Grade X

Posted on: 20 July, 2022

सोचेको पनि थिएन
जीवनमा कोही यस्तो महत्त्वपूर्ण हुन सक्छ
त्यो नम्र बानीले मलाई अझै  
सम्मान दिन बाध्य बनाउँछ ।

याद आउँछ सँगै बिताएका पलहरू
ती बगेका खुसीका आँसुहरू
लाग्छ म छु साह्रै भाग्यमानी 
अरूले चिन्न नसकेको तिमीलाई चिन्न पाउँदा

व्यक्त नै गर्न सक्दिनँ 
त्यो खुसी
तिमीलाई पहिलो चाेटी भेट्न पाउँदा 
अपरिचित भए पनि पहिलो चोटी तिम्रो अँगालाेमा बाँधिएको बेला 
सुरक्षित महसुस भएका मेरा भावनाहरू अझै झल्किन्छन् आँखामा

उत्प्रेरित नभएको बेला तिम्रो त्यो सङ्गीतले 
मलाई सहयाेग गर्ने गर्छ 
त्यसैले त तिमीलाई भन्ने गर्छु मेरो 
सबै थोक हाै  तिमी ।