Logo

Student Corner

शेर्पा खाना

Written by: Dhendup Norphel sherpa - 23020, Grade XII

Posted on: 20 July, 2022

सगरमाथाको सोलुखुम्बु विजयी पर्वतारोही शेर्पाहरूको जन्मभूमि हो । शेर्पा खानाकाे संस्कृति र परिकार कस्तो हुन्छ भनेर कहिल्यै सोच्नु भएको छ ? शेर्पाहरू आदिवासी जनजाति हुन् । जो १६ औँ शताब्दीको मध्यमा पूर्वी तिब्बतको खामबाट बसाइ सरेर सोलुखुम्बुमा बसोबास गरेका थिए । उनीहरूले तिब्बतबाट खाद्य संस्कृति ल्याएका थिए । शेर्पाको खानाकाे परिकार एकदमै सरल छ । धेरैजसो परिकारका सामग्रीहरू स्थानीय रूपमा उब्जाउने बालीनाली, आलु, तरकारी र पशुको दुधबाट बनाइएका उत्पादनहरू हुन् । त्यसैले, शेर्पा खानाको छुट्टै महत्त्व छ ।
रिकी कुर, आलुबाट बनाइने एक लोकप्रिय शेर्पा परिकार हो । 'रिकी'को अर्थ आलु, र 'कुर' को अर्थ प्यानकेक भन्ने हुन्छ । यो पीठो र आलु मिसाएर बनाइएको एक फ्ल्याट प्यानकेक हो । शेर्पाहरू प्रायः यसलाई चाैरीकाे नाैनी घिउसँग खाने गर्छन् । थुक्पा एक साधारण चाउचाउ हो । थुक्पामा मुख्य सामग्रीको रूपमा लामो चाउचाउ हुन्छ । त्यसपछि यसलाई पकाएको मासु र तरकारीहरू प्याज, साग, गाजर र खुर्सानीसँग मिसाएर पकाइन्छ । थुक्पा जाडो समयका लागि स्वादिष्ट परिकार मानिन्छ ।
अर्काे परिकार भनेकाे स्ट्युमा हाे । यसमा घरेलु चाउचाउ गोलाकार र बाक्लो हुन्छ । यस स्ट्युमा भएका सामग्रीहरू सुकेको वा ताजा मासु (याक वा भेडा) प्याज, आलु, पालक र गाजरजस्ता स्थानीय रूपमा उब्जाइने तरकारीहरू मिसाएर पकाइन्छ । अर्काे परिकार भनेकाे माेमाे हाे । मोमोहरू नेपालमा खाइने तरकारी वा मासुले भरिएको पानीकाे बाफमा पकाइने परिकार हो । माेमाे शेर्पाहरूले विभिन्न तरिकाले पकाउने गर्छन् । नियमित मोमोमा भरिने मासु, आलु, वा तरकारीहरू हुन्छन् । जसमा प्याज, लसुन र नुन जस्ता थप मसलाहरू पनि राखिन्छ । काठमाडौँमा पाइने मोमोभन्दा शेर्पा मोमोको स्वाद अलि फरक हुन्छ । रिल्धुक पनि एक लोकप्रिय शेर्पा खाना हो । यो भुटेको आलुको गाँठोले बनाइएको सुप हो । भुटेको प्याज, लसुन, खुर्सानी र टमाटरल हालेर पकाएपछि याे स्वादिष्ट बन्छ । पेय पदार्थहरूमा बटर टी वा नुन चिया अर्काे परिकार हाे । तिब्बत, नेपाल, भारत र भुटानका हिमाली भेगका मानिसहरूमाझ लोकप्रिय पेय पदार्थ हो ।