Logo

Student Corner

नेपालको प्राकृतिक सुन्दरता

Written by: Aarnav Dahal - 24019, Grade XI

Posted on: 19 July, 2022

नेपालका पहाड, झरना, हिमाललगायत विभिन्न प्रजातिका जीवजन्तुहरूले भरिपूर्ण  हरियाली देश हाे । संसारभर सयौँ देशहरू छन् । तीमध्ये धेरै सुन्दर र आकर्षक देशहरू पनि छन् । ती  सुन्दर र आकर्षक देशहरूमध्ये नेपाल एक हाे । केही देशहरू रोटीको लागि जर्मनी, विकासको लागि संयुक्त राज्य अमेरिका, पप संस्कृतिको लागि दक्षिण कोरिया, आदि भिन्न देशहरूका भिन्नभिन्न चिनारी रहेका छन् । नेपालको विश्वमा सबैभन्दा बढी चर्चा गरिएको देश नभए पनि हाम्राे इतिहास र यहाँकाे चिनारी विश्वमा अनाैठाे र बेग्लै छ ।
नेपालकाे प्राकृतिक सौन्दर्यको कारण याे विश्वमा बेग्लै किसिमले चर्चित छ । नेपालमा ऋषि महर्षिहरू‌ले तपस्या गरेको हुनाले यसलाई तपोभूमि पनि मानिन्छ ।  नेपालकाे प्राकृतिक सौन्दर्य विश्वमा अतुलनीय छ । याे हामी सबैकाे लागि गर्वकाे कुरा हाे । नेपालको सौन्दर्य प्रकृतिमा मात्र सीमित छैन । यहाँका कला, भाषा, सभ्यता, संस्कृति सबैमा सुन्दरता छ । विभिन्न जातजाति, संस्कृति र पृष्ठभूमिका मानिसहरू एक अर्कालाई सहयाेग गर्ने र सुख-दु:ख बाँड्ने  हामी नेपालीकाे अर्काे चिनारी हाे । एक वर्षमा १२३ भिन्न जातजातिहरूका  ४० भन्दा बढी चाडपर्वहरू मनाइने नेपालकाे आफ्नै माैलिक विशेषता हाे । जुन विश्वका अन्य देशमा अप्राप्य छ । हाम्रो देशको संविधानले राष्ट्र भाषाको रूपमा मान्यता दिएको नेपाली भाषाको जननी संस्कृत भाषा हो । संस्कृत भाषाबाट अन्य भाषाको पनि उत्पत्ति भएको मानिन्छ । नेपालको सबैभन्दा सुन्दर पक्ष भनेको यहाँको विविधता हो । यहाँका हरेक ठाउँ, हावापानी, सभ्यता, संस्कृति आदि कुराहरू अवर्णनीय छन् ।