Logo

Student Corner

राष्ट्रिय सम्पदा र यसको महत्त्व

Written by: Angel Dhimal - 25002, Grade X

Posted on: 19 July, 2022

नेपाल कला र संस्कृतिमा धनी हाे । नेपालमा बसोबास गर्ने धेरै मानिसहरू विभिन्न धर्म र संस्कृतिको पालना गर्छन् । यहाँकाे धर्म र संस्कृतिले नेपालको विविधता झल्काएकाे छ । हाम्रा राष्ट्रिय सम्पदाहरूले हाम्रो देशमा पर्यटकहरूलाई आकर्षित गरेका छन्।
राष्ट्रिय सम्पदाहरूले देशको आर्थिक स्थिति र प्राकृतिक सौन्दर्य बढाउन मद्दत गर्दछन् । हाम्रा राष्ट्रिय सम्पदाहरूले हाम्रो पुरातन समाजका साथै हाम्रा गौरव संस्कृति र परम्पराहरूलाई विश्वमा चिनाउने काम गरेका छन् । पर्यटकहरूले हाम्रो सम्पदाको प्रशंसा गर्छन् । मन्दिर, गुम्बा, मस्जिद ,चर्च आदि हाम्रा धार्मिक सम्पदाहरू हुन् । हाम्रा भाषा, पहिरन, कला, जीवनशैली हाम्रा सांस्कृतिक सम्पदा हुन् । त्यसैगरी हिमाल, ताल, नदी, झरना, राष्ट्रिय निकुञ्ज हाम्रा प्राकृतिक सम्पदा र राष्ट्रिय सम्पत्ति हुन् । पशुपतिनाथ मन्दिर, हनुमानढोका दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, चाँगुनारायण मन्दिर, लुम्बिनी, बौद्धनाथ मन्दिर, स्वयम्भूनाथ मन्दिर, चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज हाम्रा विश्व सम्पदा सूचीमा उल्लेख छन् । हाम्रो वेषभूषा, लोक सङ्गीत, चाडपर्व, परम्परा, नृत्य पनि हाम्रा सांस्कृतिक सम्पदाहरू  हुन् ।
राष्ट्रिय सम्पदा भनेका हाम्रा चिनारी हुन् । हामीले हाम्रा सम्पदा जोगाउनुपर्छ । आजकाल हाम्रा सम्पदाहरूकाे उचित संरक्षण भएकाे छैन ।  हामीले हाम्रा सम्पदाहरूलाई संरक्षण गर्नुपर्छ । हाम्रा सम्पदाहरू दिनप्रतिदिन फोहोर हुँदै गएका छन् । हामीले यसतर्फ ध्यान दिनुपर्छ । हाम्रा सम्पदाहरूले पर्यटकलाई आकर्षित गर्छन् । जसले गर्दा धेरैभन्दा धेरै पर्यटकहरू नेपाल घुम्न आउँछन् । पर्यटकहरूले आआफ्नाे देशमा हाम्राे देशकाे प्रचारप्रसार गर्छन् । पर्यटकहरू नेपाल घुम्न आउँदा हाम्राे देशले  विदेशी मुद्रा आर्जन गर्छ  र त्यसले देशविकासमा  सहयाेग पुर्याउँछ ।