Logo

Student Corner

वनजङ्गल संरक्षण

Written by: Sayuri Shrestha - 28017, Grade VII

Posted on: 19 July, 2022

(डाेल्मा केही समयका लागि बाटाेमा हिडेकी छन् । पारि वनमा उनले डडेलाे लागेकाे देख्छिन् । त्यसै समयमा डाेल्मासँग पनि भेट हुन्छ । अनि उनीहरूकाे कुराकानी सुरु हुन्छ ।)

डोल्मा : नमस्ते माया तिमीलाई कस्तो छ ?

माया : नमस्ते डोल्मा म ठिक छु तिमीलाई कस्तो छ ?  तिम्रो परिवार कस्तो छ ?

डोल्मा : ओहो ! म खुसी छु। मेरो परिवार पनि ठिकै छन् । हेर पारि पाखाम कसले आगाे लगाएकाे हाे ?

माया:  हाे है किनहाेला त्यसरी डडेलाे लगाएकाे ?  तिमीले वन संरक्षणको बारेमा भर्खरैको समाचार सुनेकी छौ ?

डोल्मा: हो मैले यसको बारेमा सुनेकी  छु । मानिसहरूले आफ्नै प्रयोगको लागि वन्यजन्तुलाई नष्ट गरिरहेका छन् भन्ने सुनेर म विचलित भएँ ।

माया: हो म पनि यो कुरा सुनेर धेरै निरस थिएँ, मेरो विद्यालयले मलाई यस अवस्थाको बारेमा कुरा गर्नको लागि एउटा कार्यक्रमको आयोजना गरेकाे छ, हाम्रा प्राकृतिक स्रोतहरूलाई कसरी बचाउने र यसलाई हाम्रो भविष्यको लागि कसरी जोगाउन सकिन्छ भनेर ।

डोल्मा : हो ! मसँग केही विचारहरू छन् जुन हामीले प्राकृतिक स्रोतहरू बचत गर्न दैनिक प्रयोग गर्न सक्छौँ ।

माया: साँच्चै! तिनीहरू के हुन्, म तिमीबाट सुन्न चाहन्छु ।

डोल्मा: ठिक छ, हामीले हाम्रा प्राकृतिक स्रोतहरूबाट  धरै कुराको कम उत्पादनहरू उपभोग गर्नुपर्छ । हामीले यसको माग रोक्नुपर्छ ताकि हामी हाम्रा स्रोतहरू बचत गर्न सक्छौँ। हामीले हाम्रो वातावरणको राम्रोको लागि वस्तुहरू कसरी पुनः प्रयोग गर्न सकिन्छ भनेर सिक्नुपर्छ र प्रायः हामीले धेरै रूखहरू रोप्नुपर्छ र हाम्रो वरपर भइरहेको अवस्थाको  बारेमा  मानिसहरूलाई सचेत गराउनुपर्छ ।

माया: वाह! यी त साँच्चै राम्रा चीजहरू हुन् जुन हामीले वन र प्राकृतिक स्रोतहरूको संरक्षण रोक्न सक्छौँ। धन्यवाद म यी  काम गर्नेछु र मानिसहरूलाई यसको बारेमा बताउनेछु।

डोल्मा: म यो कुरा  सुनेर खुसी छु। फेरि  भेटौँला।
मायाः हुन्छ , अब बिदा हाऔँ है । 
(दुवैजना आ-आफ्ना गन्तव्यतिर लाग्छन् ।