Logo

Student Corner

देश युवाले बनाउँछन्

Written by: Samip Aryal - 25014, Grade X

Posted on: 15 July, 2022

कुनै एक राज्यमा हरेक ५ वर्षमा भोट हाल्ने नियम थियो । गाउँकाे जनसङ्ख्या खासै धेरै थिएन । गाउँमा करिब ६००० जति मतदाता थिए । धेरै जसो युवाहरू गाउँभन्दा बाहिर कामकाे सिलसिलमा विदेश गएका थिए ।  गाउँ बाहिर गएका युवाहरू गाउँ हत्तपत्त फर्किदैनथे । कमाएर घरमा ल्याउने परिवार पाल्ने जिम्मेवारी युवाहरूकाे काँधमा थियाे । 
हरेक ५, ५  वर्षमा हुने चुनावमा एउटै मात्र विजेता हुन्थ्यो । ऊ चाहिँ उमेरकाे हिसाबले ७० वर्ष कटिसकेको थियो । उसलाई त्याे ठाउँबाट  सबैले भोट गर्थे तर ऊ चाहिँ भ्रष्ट नेता थियो । गाउँकाे विकास गर्दैनथ्यो । त्यही गाउँमा रामकृष्ण नाम गरेकाे अर्काे मानिस पनि बस्थ्यो । ऊ चाहिँ पुग नगुग ३० वर्षकाे जत्तिकाे हाेला । ऊ चाहिँ युवा विदेशमा गएर अध्ययन गरेकाे थियाे । उसलाई गाउँकाे विकास कसरी गर्ने भन्ने तरिका थाह थियो । उसले गाउँका अरू मानिसहरूलाई पनि सक्दाे मद्दत गर्थ्यो । गाउँ फर्कँदा उसले केही विकास देख्न चाहन्थ्याे । गाउँका मानिसलाई सोध्याे । गाउँलेहरूले उसलाई आफ्नाे ठाउँका नेता भ्रष्ट भएकाे र गाउँमा कुनै विकास नभएकाे बताए ।  

उसले अब राजनीति गर्ने र विदेश नजाने साेच बनायाे । चुनाव आउन एक वर्ष जति बाँकी थियाे । समाजमा राम्रा काम गर्दै जान थाल्याे । असहायलाई सहयाेग गर्दै जान थाल्याे । गाउँलेहरूले उसलाई मन पराउन थाले । उसले गाउँलेहरूकाे मन जित्दै जान थाल्याे । अन्ततः एक दिन चुनावकाे दिन आयाे । चुनाव पनि सकियाे, भाेट गनेर पनि सकियाे । ऊ विजयी भयाे । त्यो ५ वर्षमा उसले गाउँमा धेरै विकास गर्याे । थुप्रै सामाजिक काम गर्‍यो । गाउँटाेलकाे सरसफाइदेखि खानेपानी सबै सुविधा उसले जनतालाई दियाे । गाउँमा स्वास्थ्य चाैकीकाे स्थापना गर्याे । स्वास्थ्य चाैकी स्थापना भएपछि सामान्य उपचारका बिरामी टाढा जानु परेन ।  विद्यालयकाे रेखदेख गर्न थाल्याे । विद्यालयमा राम्राे पढाइ हुन थाल्याे । शाैचालयकाे राम्राे व्यवस्था भयाे । बाटाहरू बन्न थाले  जनताहरू निकै खुसी भए । जनताकाे सेवा गर्न पाएकामा ऊ पनि निकै मख्ख थियाे ।